काठमाडौं । प्रतिनिधिसभा पुनर्थापना गर्ने सर्वोच्च अदालतको निर्यको नेपाली काग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन्।
उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन्।
देउवाले ट्वीट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ।’
उनले सर्वोच्चको फैसलालाई कांग्रेस स्वागत गरेको बताएका छन्।
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। 1/2
— Sher Bahadur Deuba (@DeubaSherbdr) February 23, 2021