पूर्व प्रधानमन्री तथा नेकपा (एमाले) नेता माधव नेपाल र भीम रावल ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बनमा परेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी सदस्यबाट निलम्बन गरेका हुन् ।
पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ को धारा ४९ (ख) अनुसार ६ महिनाका लागि अध्यक्ष ओलीले निलम्बन गरेका हुन्।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन्।
निलम्बन अवधिमा सच्चिएर आए निलम्बनको अवधि घटाउन सकिने ओलीले पत्रमा उल्लेख गरेका छन्।
ओलीले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्न चेतावनी समेत दिएका छन्।