अमेरिकामा काँग्रेस नेता नविन्द्रराजप्रति श्रद्दाजली कार्यक्रम आयोजना

आजभोलि

बोष्टन नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको तेह्रौ तिथिमा श्रद्दाजलीसभा आयोजना भएको छ । नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको सो कार्यक्रमका वक्ताहरूले जोशीप्रति श्रद्दाजली व्यक्त गर्दै उनको व्यक्तित्वको चर्चा गरेका थिए ।

दिवंगत जोशी मृदुभाषी र शालिन व्यक्ति भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रभावशालि नेता अर्जुननरसिंह केसीले बताए । उनको निधनले देशलाई अपुरणीय क्षति पुगेको नेता केसीले बताए ।

विचारप्रधान पार्टी बनाउन पछिल्लो समयमा  दिवगंत  जोशीले खेलेको भूमिकाको कार्यक्रममा केसीले सम्झना गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले जोशी क्रियाशिल र शालिन व्यक्ति भएको भन्दै   उनीप्रति श्रद्दाजली व्यक्त गरे 

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य किरण यादव डा चन्द्रमोहन यादव लगायतका व्यक्तिले जोशीप्रति श्रद्दाजली व्यक्त गरेका थिए ।

जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !