बोष्टन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को बोर्ड अफ डाइरेक्टर पदमा म्यासाचुसेटको बोष्टन निवासी चन्द्रदेव मण्डलले उम्मेद्वारी दर्ता गराएका छन् ।
म्यासाचुसेटको नेपाली समुदायमा अग्रपंतीमा रहेर काम गरेका मण्डल अमेरिका भरी नै चिरपरिचत रहेका छन् ।
उम्मेद्वारी दर्ताका क्रममा उनले नेपाली भाषा संस्कृतीको प्रवर्धन आफ्नो मुख्य एजेण्डा भएको बताए । एनआरएन नेपालद्वारा आधिकारिकता प्रदान भएको संस्था रहेको भन्दै मण्डलले नेपाल सरकार र अमेरिकावासी नेपालीकोबीचमा सेतुको रूपमा काम गर्न आतुर रहेको समेत उम्मेद्वार मण्डलले बताए ।
उनले नेपालमा रहेको पैतृक सम्पतीको संरक्षण र सुरक्षाको विषयमा पनि काम गर्ने आजभोलिसँगको कुराकानीमा बताए ।
‘पारदर्शिता जवाफदेहिता र एकता मेरा तीन मूल मन्त्र हुन् ।’ मण्डलले अगाडि भने, ‘यी तीन मूलमन्त्रमा रहेर मातृभूमी र कर्मभूमीमा रहेका नेपालीहरूबीच भातृत्व र भाइचारको सम्बन्ध स्थापित गर्दै नेपाली भाषा संस्कृती र कलाको जगेर्ना मेरो परम दायित्व र लक्ष्य रहन्छ ।’