बोष्टन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् म्याचाचुसेटको सचिव पदमा सानु बर्माको उम्मेद्वारी दर्ता भएको छ ।
बर्माको उम्मेद्ववारीले बोष्टनवासीमा हलचल पैदा भएको छ । बर्मा बोष्टनमा निकै नै लोकप्रिय रहेको कारण उनको सचिव पदमा उम्मेद्वारी दर्ता भएको खबर सामाजिक संजालमा आएसँगै बोष्टनबासी उनलाई भोट हाल्न निकै नै उत्साहित भएका छन् ।
बर्माको उम्मेद्वारी दर्ता भएको थाहापाउदाँ आफू निकै नै खुसी भएको आर्लिङटन निवासी जेनिशा थापाले बताइन् । उता सोहि क्षेत्रमा बस्ने बिरा भनेर चिनिने हरि कार्की पनि बर्मालाई भोट हाल्न तयार रहेको बताए ।
बर्माको उम्मेद्वारी पछि प्रतिद्वन्दी प्रचण्डमान श्रेष्ठ दबाबमा रहेको एक स्रोतले आजभोलिलाई बतायो । नरउडवासीको भोटले जित्ने आश गरेका प्रचण्ड नरउडबाट नै सानु बर्माको उम्मेद्वारी परेपछि दबाबमा परेका हुन् ।
आफूलाई सबैभन्दा शसक्त उम्मेद्वार भन्दै आएका प्रचण्डमाथि बर्मकोको उम्मद्वारी भारी पर्ने देखिन्छ ।