काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रदेशप्रमुख धर्मनाथ यादवले सपथ ग्रहण गराएका थिए ।
उनको नियुक्तिलाइ लिएर नेपाली कांग्रेस, नेकपा माओवादी तथा जसपाले बिरोध गर्दै ४२ जनाको हस्ताक्षर बुझाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी पार्टीहरुले धर्ना दिएपछि उनले आफ्नै कार्यालयमा सपथ लिएका हुन ।