काठमाडौं । । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । निषेधाज्ञा २९ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम दिइनेछ । अत्यावश्यक बाहेकका अरु सबै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरी बैंक तथा वित्तीय संस्थामा सीमित जनशक्ति राखेर चलाउन दिने निर्णय गरिएको छ ।