बोष्टन । अमेरिकामा गर्मी मौसम लाग्दै गर्दा गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) को नजकिदो निर्वाचनले यहाँको मौसमलाई झन् तातो बनाएको छ ।
उम्मेद्वारहरू आआफ्ना चुनावी मुद्दा लिएर विभिन्न राज्यमा प्रचार प्रसारमा लागेका छन् । समाजिक संजाल चुनावी गतिविधिले रङ्गिएको छ ।
विगत १० बर्षदेखि बोष्टनलाई कार्यथलो बनाएर यहाँका समाजिक संस्थामा सक्रिय रूपमा लागि योगदान गरेका चन्द्रदेव मण्डलले आफूलाई बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिएका छन् ।
यहाँको नेपाली समाजमा निकै चरिपरिच मण्डल सबैको प्यारा भाईको रूपमा चिनिन्छन् ।
अमेरिकाका नेपाली भाषीको सीप दक्षता र पूँजीलाई मातृभूमीमा कसरी उपयोग गर्न सकिन्छ भन्नेमा तल्लिन मण्डल आफूले यहाँ सिकेका सीप र दक्षता नेपालमा पुर्याउनको लागि काम गर्ने बताउँछन् ।
तपाईंको उम्मेद्वारी किन ? भनि आजभोलिले सोधेको प्रश्नमा मण्डलले भने, ‘विदेशमा सिकेका सीप ज्ञान तथा यहाँ आर्जन गरेको पुँजीलाई नेपालको चौतर्फी विकासको लागि लगानीको लागि वातावरण तयार गर्नको लागि हो ।’
उनले अगाडि भने, ‘विदेशमा हाम्रो भाषा संस्कृतीलाई जोगाउन महत्वपूर्ण काम हो । यसको जगेर्ना गर्नको लागि पनि मेरो उम्मेद्वारी हो । यसको अलावा संस्थालाई गतिशिल सशक्त र समावेशी बनाउनको लागि पनि मेरो उम्मेदवारी हो ।’
पछिल्लो पुस्ताले हाम्रो भाषासंस्कृतीलाई आत्मसाथ नगरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रा छोराछोरी नेपाली भाषा बोल्न र लेख्न जान्दैनन् । आफ्नो भाषा नै नजाने पछि उनीहरूले नेपालको कसरी माया कसरी गर्छन् ।’