हजुरीको उपाध्यक्षमा उम्मेदवारी एनआरएनकै लागि गौरव

आजभोलि

बोष्टन । गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) म्यासाचुसेट च्याप्टरको उपाध्यक्ष पदमा हजुरी सिंहको उम्मेद्वारी परेको छ ।

म्यासाचुसेटको समरभिल सिटिमा वसोबास गर्ने हजुरी सिंह बोष्टनमा मात्र नभएर सिंगो अमेरिकाभरीका नेपाली माझ चिरपरिचित नाम हो । 

दुई दशकभन्दा लामो समयदेखि बोष्टनलाई कर्मथलो बनाएकी हजुरी यहाँको विभिन्न सामाजिक संघसंस्था रहेर काम गर्दै आएकी छिन् ।

समाजमा स्वच्छ छवी बनाएकी हजुरीले लोकप्रियताका कारण नै अघिल्लोपटकको निर्वाचनमा लोकप्रिय मत पाएर विजयी भएकी थिइन् ।

हजुरी सिंह जस्तो व्यक्तिको उम्मेद्वारी एनआरएनमा पर्नु नै यहाँका नेपालीको लागि गौरबको विषय भएको मतदाताहरू बताउँछन् ।

हजुरी सिंह जस्तो समाजसेवी संघर्षशील महिलाको उम्मेद्ववारी यहाँका नेपालीको लागि मात्र नभएर सिंगों एनआरएनको लागि गौरवको विषय भएको उनीहरूको भनाई छ ।

स्वच्छ छवी र सामाजिक सेवाका कारण प्राप्त लोकप्रियता नै आफ्नो जित्ने आधार भएको हजुरीको दाबी छ ।

उनी नेपाली ओमनस् ग्लोबल नेटवर्क बोष्टनको बोर्ड अफ डाइरेक्टर रहेर नेपाली महिलाको अधिकारको लागि काम गर्दै आएकी छिन् । त्यसैगरी लाइन्स क्लबमा समेत उनी सदस्य रहेकी छिन् ।

तपाईंको उम्मेद्वारी किन ? भनि आजभोलिले सोधेको प्रश्नमा हजुरीले भनिन्, ‘नेपाली र गैरआवासीय नेपालीलाई जोड्ने एनआरएनको उद्देश्य प्राप्तिको लागि काम गर्नको लागि मेरो उम्मेद्वारी हो ।उनले अगाडि भनिन्, ‘जुन काम म अहिले बोर्ड अफ डाइरेक्टर पदमा रहेर गरिरहेको छु ।

नेपालमा रहँदा देशभरीका शिक्षकहरूलाई नेतृत्व गरेको अनुभव आफूसँग रहेको र यहाँको संघसंस्थामा काम गरेको अनुभवका कारण आफू उपाध्यक्ष पदको लागि योग्य उम्मेद्वार भएको उनको दाबी छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !