नेपालको वलीलाई पत्र

आजभोलि

मितिवैशाख २६, २०७८

श्री केपी शर्मा ओली,

अध्यक्ष

नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)

विषयपार्टीको एकता कायम राख्न आग्रह

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गतफागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट विघटन भई उक्त दुई पार्टीहरू पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचनआयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनुपर्थ्याे त्यसो नगरी तपाईंले गत फागुन २८ गतेपार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन पार्टी विधान मिचेर केन्द्रीय कमिटी भंग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजककमिटी गठन गर्नुभयो त्यसरी आयोजक कमिटी गठन गर्दा हामीलगायतका केन्द्रीय कमिटीका पदाधिकारी सदस्यहरूलाईजिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गर्नुभयो त्यतिले मात्र नपुगेर तपाईंले केन्द्रीय कमिटीका पदाधिकारी स्थायीकमिटीका सदस्यसमेत चारजनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो प्रतिनिधिसभाका हामी ३० जनासदस्यहरूलाई आधारहीन पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टीकरण सोध्नुभयो पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दैकार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईंले अधिवेशनबाट निर्वाचितजिल्ला कमिटीहरूलाई विघटन गर्नुभयो जनसंगठन पेसागत संगठनहरूमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुटबाहेककाव्यक्तिहरूलाई जिम्मेवारीबाट हटाउनुभयो तपाईंका यस्ता पार्टी विधानविपरीत तथा लोकतान्त्रिक मान्यताविपरीतका क्रियाकलापहरूसच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरूमा समेत आग्रह गर्‍याैँ तर, त्यसप्रति तपाईंले कुनै सुनुवाइ गर्नुभएन यसबाटदेश, जनता पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईंले प्रतिनिधिसभामा यही वैशाख २७ गते विश्वासको मत लिने कुरागर्नुभएको यस्तो विषयमा समेत तपाईंले पार्टीभन्दा बाहिर समर्थनका लागि अनुनयविनय गर्नुभयो भने पार्टीमा  आफ्नो गुटबाहेकको पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनुभएको तपाईंले वार्ता गर्ने वा पार्टी एकता गर्ने भनी आफूनिकट व्यक्तिहरूलाई खटाएझैँगर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार विद्वेषपूर्ण वक्तव्यबाट छर्लंग हुन्छ वक्तव्यमातपाईंले आफ्ना पार्टीको सिद्धान्त, विधान नीतिविरोधी क्रियाकलापहरूमा पर्दा हाल्न अरूमाथि प्रहार गर्नुभएको यस्तो स्थितिमानिम्नलिखित कुराहरूको आधारमा मात्र तपाईंले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्न सकिने यथार्थबारेजानकारी गराउन चाहन्छौँ  

सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमालेको विधान, नियमावली, आचारसंहिताअनुरूप २०७५ साल जेठ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ गतेको स्थितिमा पार्टी, जनसंगठन पेसागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखिस्थानीय तहसम्म क्रियाशील तुल्याउने  

नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटनगर्नेलगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने  

पार्टीलाई विधि, विधान पद्धतिअनुरूप सञ्चालन गर्ने  

पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोपप्रत्यारोपएवं समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने  

सरकार पार्टीको बीचमा समन्वय सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम देश तथा जनताको सर्वोपरी हित, अपेक्षा आवश्यकताअनुसार सञ्चालन गर्ने

. उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने यथासमयमा राष्ट्रिय महाधिवेशन विभिन्न तहकाअधिवेशनहरू सम्पन्न गर्ने  

हामीले नेपाल कम्युनिस्ट पार्टी (एमालेमात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता पार्टीकोहितका लागि अगाडि सारेका उपर्युक्त कुराहरूलाई गम्भीर रूपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाईं तपाईंनिकट सबै नेता, कार्यकर्ता सदस्यहरूलाई आह्वान गर्दछौँ  हाम्रा उक्त जायज आवाजहरूलाई बेवास्ता गरियो भने तपाईं पार्टीविभाजन गर्दै देश, जनता लोकतन्त्रलाई अन्योल दिशाहीन तुल्याउन उद्यत्  रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट त्यस्तो स्थितिमाहामी देश जनताको सर्वोपरी हित तथा पार्टी लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभाको सदस्य नै त्याग गर्नेलगायतका जस्तोसुकैपाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ यसको लागि पनि जिम्मेवार तपाईं नै हुनुहुनेछ

नेपाल कम्युनिस्ट पार्टी (एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता स्थायीकमिटी, केन्द्रीय कमिटी अन्य सबै कमिटी, नेता कार्यकर्ताहरूको तर्फबाट – 

माधवकुमार नेपाल

वरिष्ठ नेता

नेपाल कम्युनिस्ट पार्टी (एमाले

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !