काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनको प्रक्रियाको आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरि गर्दै बहुमतको सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा संसदबाट विश्वासको मत गुमाउँदै पदमुक्त भएलगत्तै संयुक्त अपील गरेका हुन् ।
उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।