काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई बिहिबारसम्मको समय दिएकि छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार रकार गठनका लागि दलहरूलाई आगामी वैशाख ३० गतेसम्मको समय दिएकी हुन्।
राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिअनुसार ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ।