काठमाडौं । सरकारले अगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । त्यस्तै, पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो ।
वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।
पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।