काठमाडौं। सरकारले कृषि क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
त्यस्तै, कृषि खेतिका लागि रासायनिक मल खरिद गर्न १२ अर्व रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, अर्गानिक खेतीलाई प्रोत्साहन दिनमा आवश्यक सुविधा उपलब्ध गराउने नीति सरकारले लिएको छ ।
खाद्य भण्डार निर्माणका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने प्रतिवद्धता अर्थमन्त्री पौडेलले गर्नुभयो । सोहीअनुसार प्रदेश २ अन्तर्गत रहेको सुनकोसी मरिन टनेल निर्माणका लागि २ अर्व ४६ करोड रुपियाँ बजेट सरकारले व्यवस्था गरेको छ ।
प्रत्येक प्रदेशमा भूमि बैंक निर्माण गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइने सरकारले तयारी गरेको छ । त्यस्तै, आगामी तीन वर्षभित्र सबै नेपाली भूभागको नाप नक्साङ्कन गरिसक्ने तयारी गरिएको अर्थमन्त्री पौडेलले जनाकारी दिए ।