काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेटमा शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ ।
स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाखसम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने व्यवस्थाका गरिएको छ ।
यस अघि ७ लाखसम्म शैक्षिक ऋण दिने व्यवस्था भए पनि कार्यान्वयनमा धेरै कठिनाई देखिएका छन् ।