सामान्य भाषामा भूमण्डलिकरण भनेकै विश्वव्यापिकरण हो । र विश्वव्यापिकरणले विश्व दुनियालाई आर्थिक व्यवहार गर्ने साझा गाउँको रूपमा चित्रित गर्दछ । त्यसैले, विश्वव्यापिकरणमा विश्वका सम्पुर्ण देशहरू विश्वव्यापी रूपमा बस्तु तथा सेवाको आयात निर्यात गर्न, खरिद गर्न बिक्रि गर्न, उत्पादन गर्न, बजारिकरण गर्न, सोको प्रवन्धन गर्न र अन्य आर्थिक तथा व्यवसायिक कृयाकलापहरू गर्न व्यवसायिक व्यक्तिहरू वा व्यवसायिक सँगठनहरू स्वतन्त्र छन् । त्यसैले, विश्वव्यापिकरण भन्नाले विश्वव्यापी रूपमा अर्थतन्त्रलाई जोड्ने प्रक्रिया हो । यस आर्थिक व्यवहारमा विश्वव्यापी रूपमा देशहरू बिच मुख्यता वस्तु, सेवा, पुँजी, प्रबिधि, सूचना र मानव सँसधानको आदान प्रदान हुन्छ । र यसरी यस अवधारणा अनुसार सीमा बिहिन ढंगले आर्थिक वा व्यवसायिक व्यवहार गर्दै उत्पादनका साधनहरू श्रम, पुँजी,व्यवसाय र अन्य जिन्सी सामाग्रिहरूको स्वतन्त्रपूर्वक विश्वव्यापि ढंगले प्रवाह गरिन्छ । र ती आर्थिक उत्पादनका साधनहरूलाई बस्तु तथा सेवा प्रदान गर्ने शिलशिलामा उत्पादक व्यवसायिहरूले उचित ढंगले प्रबन्ध र व्यवस्थापन गर्दछन् ।
त्यसैले, विश्वव्यापिकरणले विश्व एक आर्थिक ग्राम भन्ने मान्यताका साथ सीमा बिहीन आर्थिक, राजनीतिक, प्रशासनिक, सामाजिक तथा सँस्कृतिक समुदायको निर्माणमा जोड दिन्छ । तसर्थ, आर्थिक, राजनीति, सामाजिक, प्रशासनिक र सांस्कृतिक लगायतका सबै विषयमा साझा मूल्य, मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान नै विश्वव्यापिकरण हो । त्यसैगरी, विश्व बैङ्कले यसका प्रमुख तीन पक्षहरू जस्तै, बाणिज्य तथा व्यापार, वित्तीय प्रवाह र सूचना प्रबिधि विश्वव्यापिकरणका प्रमुख मापकहरू हुन् भनेको छ ।
निम्न परिभाषले पनि विश्वव्यापिकरणलाई बुझ्न र जान्न सकिन्छ ।
- विश्वव्यापिकरण भनेको विश्वव्यापी रूपमा विचार, मानव सँसाधन, पूँजी र बस्तु तथा सेवाको साटफेरा गर्ने प्रकृया हो । र यस बिधिमा उत्पादनका साधानहरू जस्तै, पुँजी, बस्तु , प्रविधी, सूचना, दक्षता, शिप, कार्य अनुभव र संस्थाको सँरचनात्मक ढाँचा एक राष्ट्रयिय देशबाट अर्को अन्तराष्ट्रिय देशसम्म लैजाने काम गरिन्छ ।
- बस्तु तथा सेवाको व्यापार व्यवसाय अन्तराष्ट्रिय स्तरमा हुने गर्छ । र आर्थिक रूपमा खुला बजार र बजार उदारिकरणको नीतिको कारणले विश्वका सबै देशहरू एक अर्कोसँग अन्तर सम्बन्धित छन् ।
- भूमण्डलिकरण भनेको विश्व आर्थिक रूपमा एक एकिकृत बजारको रूपमा बिकास हुन हो ।
- भूमलण्डलिकरण भनेको आर्थिक, बातावरणिय र राजनीतिक घटनाक्रमले गर्दा विश्वव्यापि रूपमा प्रभाव पर्नु हो ।
तसर्थ, विश्वव्यापिकरणले राष्ट्रिय सीमाको अन्त्य गर्दै विश्वव्यापी रूपमा आर्थिक, राजनीतिक, सामाजिक तथा सँस्कृतिक व्यवहार गर्नु हो । तर, भूमण्डलिकरणले मुख्य गरी आर्थिक विश्वव्यापिकरणको बारेमा चर्चा गर्छ । आर्थिक भूमण्डलिकरण भनेको खुला बजार वा बजार उदारिकरणको माध्यमबाट विश्वका सबै देशमा व्यापार व्यवसाय गर्नु हो । जहाँ, उत्पादनका साधानहरू श्रम, पुँजी, जमिन, व्यवसायको प्रयोग गरी बस्तु तथा सेवालाई विश्वव्यापी रूपमा विश्वका सबै मुलकहरूमा लैजानु हो । त्यसैले, यस अवधारणामा सम्पुर्ण आर्थिक अवरोध र अप्ठ्यारालाई हटाउँदै विश्वभरी नै आर्थिक कृयाकलाप वा व्यापार व्यवसाय गरिन्छ । बहुराष्ट्रिय कम्पनीहरूको माध्यमबाट जस्तै, कोकाकोला, टोयटा, नोकिया मोवाइलको बिक्रि बितरण गर्नु पनि आर्थिक भूमन्डलियकरणकै प्रभाव हो ।
त्यसैले, यस अवधारणमा बिभिन्न प्रकारका आर्थिक कृयाकलापहरू गर्दै विश्वलाई एक आपसमा जोड्ने काम गर्छ । त्यसले, यस कार्यका आर्थिक कृयाकलाप जस्तै, उत्पादन, बस्तु तथा सेवा, व्यापर व्यवसाय र बजारलाई विश्वभरी नै लैजाने काम गरिन्छ । र स्थानीय अर्थव्यबस्था वा राष्ट्रिय अर्थव्यवस्थालाई अन्तराष्ट्रियकरण गरी विश्वव्यापी रूपमा बिस्तार गर्ने प्रयास गरिन्छ । त्यसैले, यस विचारधारा अनुसार विश्वका जुनसुकै मुलकमा उद्योग, लगानी, मानवसँधान र पूँजीको आयत निर्यात गरिन्छ र उत्पादित बस्तु तथा सेवालाई विश्व बजारमा पुर्याउने गरिन्छ । यसरी बस्तु तथा सेवा, विचार, क्षमता, पूँजी, सूचना तथा सन्चार र उत्पानका अन्य साधानहरूलाई बिभिन्न अन्तराष्ट्रिय बजारमा पुर्याउँदा विश्व एकिकृत आर्थिक बजारको रूपमा रूपान्तरण हुन्छ । यस कार्यले राष्ट्रिय आय, राष्ट्रिय बचत, राष्ट्रिय उत्पादन र राष्ट्रिय रोजगार अभिवृद्धि हुन्छ भने देश देश बिच सीमा पार व्यापार गर्न पनि सहज हुन्छ ।
भूमण्डलिकरणले विश्व साझा बजारको रूपमा लिई विश्वलाई एकिकृत आर्थिक बजारको रूपमा विकास गर्नुपर्छ भन्ने मान्यता राख्दछ । र यस बिचरा धाराले अन्तरनिर्भरमा आधारित विश्व अर्थतन्त्र निर्माण गर्न मद्त पुर्याउँछ । त्यसैले, राष्ट्रिय वा स्थानीय बस्तु तथा सेवाको अन्तराष्ट्रिय बजार निर्माण गर्छ ।
बुँदागत रूपमा विश्वव्यापिकरण भयो भने निम्न कुराहरू सम्भव छन् ।
- विश्वव्यापिकरणले गर्दा अन्तराष्ट्रिय रूपमा आर्थिक अन्तरनिर्भरताको विकास हुन्छ ।
- राष्ट्रिय अर्थव्यवस्थालाई विश्वव्यापी अर्थव्यवस्थामा जोड्न सकिन्छ ।
- उत्पादनका साधानहरूलाई विश्वव्यापी रूपमा प्रवाह गर्न सकिन्छ ।
- बस्तु तथा सेवाको खुला बजार वा बहुराष्ट्रिय निगमबाट विश्वभरिका देशमा पुर्याउन सकिन्छ ।
- प्रबिधी, सूचना सँचार र व्यवसायिक रणनीति तथा ढाँचा, सिकाई र कार्यअनुभवलाई अन्तराष्ट्रियकरण गर्ने गरिन्छ ।
- समग्रमा एकिकृत आर्थिक विश्व बजार निर्माण हुन्छ ।
- राजनीतिक, सामाजिक तथा सँस्कृति र वतावरणिय मुद्धाहरू पनि विश्वव्यापिकरण हुने गर्दछन् ।
तसर्थ, विश्वव्यापिकरण भनेको मानव सँमसाधन, बस्तु तथा सेवा, पूँजी, प्रविधी, सूचना सन्चार र सामाजिक मूल्य र मान्यताको विश्वव्यापी रूपमा हुने साटासाट वा सट्टा व्यवहार हो । र यस अवधारणामा बस्तु तथा सेवाको विश्वव्यापी रूपमा आयत निर्यात हुने गर्दछ । यस व्यवसायिक कार्यमा बहुराष्ट्रिय व्यापारिक निकाय, प्रबिधी र सूचना सन्चार र भूराजनीतिको प्रभाव ज्यादा हुन्छ । जहाँ मुख्य गरी उत्पादनका साधानहरू, सूचना प्रबिधी, मानव सँमसाधन, मानव सँसाधानका ज्ञान, शिप, क्षमता र बस्तु तथा सेवाको व्यवसायिकरण हुने गर्दछ । यसरी विश्वव्यापिकरणको माध्यमबाट एकिकृत विश्वाव्यापी आर्थिक बजार बन्नुको कारण भनेकै खुला बजार व्यवस्था, बहुराष्ट्रिय कम्पनिहरूको स्थापना, व्यवसायको निजीकरण र व्यवसायीक वा औद्योगिक उदारताकै कारणले सम्भव भएको हो ।
सामान्यतया, भूमण्डलिकरण प्रकृया आर्थिक वा व्यवसायिक कृयाकलापमा आधारति भएता पनि भूमण्डलिकरणलाई आर्थिक विचारधाराका आधारमा बुझ्दा उपयुक्त हुन्छ । जुन अवधारणामा आर्थिक रूपमा विश्वका प्रत्येक देश एक अर्को सँग अन्तरनिर्भर हुन्छन् । र एक देशको राष्ट्रिय उत्पादन, राष्ट्रिय आय र कुल ग्राहास्थ उत्पादनमा अर्को देशमा हुने सम्पुर्ण आर्थिक कृयाकलापहरूले प्रभाव पारेको हुन्छ भन्नै हो । जस्तै, नेपालीहरू यूवा श्रमिकहरू वा अन्य नेपाली यूवाहरू बिभिन्न कारणले बिदेशमा छन् उनीहरूले पठाउने रेमिट्यासले देशको अर्थतन्त्रमा प्रभाव पार्दछ । त्यस्तै, अन्तराष्ट्रिय बजारबाट बस्तु तथा सेवा खरिद गर्दा भारत, चीन, जापान, अमेरिका तथा अन्य यूरोपियन मुलकको राष्ट्रिय आयमा ती व्यवसायिक कार्यहरूले योगदान पुर्याउँछ भन्ने हो । साथै भूमण्डलिकरणलाई अन्य चार तरिकाले पनि बुझ्न सकिन्छ,
जसलाई निम्न तरिकाले प्रष्टाइएको छ ।
- सामाजिक तथा सँस्कृतिक भूमण्डलिकरण, यस बिधीमा बिभिन्न देशमा हुने भिन्न भिन्न समाजमा रहेका मुल्य मान्यता र विचार धारालाई व्यक्ति वा नागरिक मार्फत साटासाट गरिन्छ वा अन्तरकृया गराइन्छ । र सामाजिक र सँस्कृतिक रूपमा विश्वलाई एकाकार गर्ने प्रयास गरिन्छ ।
- विश्वव्यापिकरण भूमण्डलिकरण, विश्वलाई नै एक साझा सँस्कृतिक गाउँ बनाउने अवधारणा हो ।
- राजनीतिक भूमण्डलिकरण, राजनीतिक रूपमा एक देशले अर्को देशलाई के कसरी प्रभाव पार्छ भन्ने हो । जहाँ अन्तराष्ट्रिय स्तरमा कुनै राष्ट्रिय राजनीतिक पार्टी वा राष्ट्रिय राजनीतिक व्यवस्था र अन्य स्वतन्त्र निकयाले राजनीतिक घटनाक्रमको बारेमा पर्ने प्रभाव अनुगमन गर्ने गर्दछन् । जस्तै, युनाइटेड नेसन, वर्ड ट्रेड अर्गनाइजेसन्, सार्क, साप्टा, उद्योग बाणिज्य महासँघ आदी
- कानुनी भूमण्डलिकरण, कुनै देशको राष्ट्रिय गैर कानुनी काम कार्वाहिमा अन्तराष्ट्रिय नियम तथा कानुनले पार्ने प्रभाव हो । जस्तै, अन्तराष्ट्रिय श्रमिक सँगठन, अन्तराष्ट्रिय महिला आयोग आदी ।
सकारात्मक पक्षको कुरा गर्ने हो भने विश्व व्यापिकरणले नयाँ विश्वबजारको बजारको श्रृजना गर्दछ । साथै, सामाजिक तथा आर्थिक रूपमा विश्वलाई एकिकृत गर्दछ । तर यस प्रकृयाले राष्ट्रिय, नीति, नियम र कानुनलाई भने अवहेलना गर्न सक्दछ ।
यस अवधारणालाई मुर्त रूपमा दिन निम्न प्रकारका आर्थिक तथा वित्तिय नीति अबलम्बन गरिन्छ ।
- खुला बजार रणनीति ।
- उद्योग तथा व्यवसायको नीजिकरण नीति ।
- व्यापार व्यवसायमा उदारिकरणको नीति ।
साथै, यसलाई अवधारणालाई कार्यान्वयन गर्न निम्न बिधी र प्रकृया अपनाइन्छ ।
- बिभेद रहित व्यवसायिक कार्य ।
- पूर्ण प्रतिस्पर्धात्मक विश्व बजार ।
- आर्थिक अर्थव्यवस्था सुधारका कार्यक्रमहरू ।
- बहुराष्ट्रिय कम्पनिको स्थापना र उनीहरूको व्यवसायिक कार्य ।
- क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय दातृनिकाय तथा व्यवसायिक सँगठनहरूको स्थापना ।
क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय दातृनिकाय तथा व्यवसायिक सँगठन यस प्रकारका छन् ।
- ट्यारिफ र व्यापारमा जेनरल सम्झौता ( ग्याट)
- नर्थ एमेरिकन फ्रि ट्रेड एग्रिमेन्ट ( नाआफटा)
- एसिएन प्यासिफिक इकोनिमक् कर्पोरेसन ( एपइसी)
- दक्षिण एसियाली सार्क सँगठन ( सार्क)
- विश्व व्यापार सँगठन (डब्लुटियो)
त्यसैले, विश्वव्यापिकरणले एक देशको अर्थतन्त्रलाई अन्य देशमा जोड्ने गर्दछ । र उक्त कार्य व्यापार, व्यक्ति, प्रबिधि र लगानीको माध्यमबाट हुन्छ । प्राय गरेर, बहुराष्ट्रिय कम्पनी मार्फत पनि यस्ता कामहरू गरिन्छन् । र व्यापार उदारिकरण र निजीकरणको अवधारणालाई कानुनत् आत्मासाथ गरेका देशहरूमा यस्ता कार्यहरू सहज रूपमा गर्न सकिन्छ । तसर्थ, निजीकरण र उदारिकरण विश्वव्यापिकरणका आधार हुन् । र विश्व बैक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सँगठन जस्ता अन्तराष्ट्रिय व्यवसायिक सँगठनले विश्वव्यापिकरणको अवधारणलाई थप सार्थक बनाएका छन् ।
पहिलो र दोस्रो विश्व युद्ध ताका नै यो शब्दको व्यवहारिक प्रयोग भएको थिए । तर १९८० देखि यसको चर्चा बढी हुन थालेको हो । र १९९० मा बिभिन्न निकाय र देशहरू बिच क्षेत्रीय तथा अन्तराष्ट्रिय सँन्धि सम्झौता भएपछि यो अवधारणाले मुर्तता पाएको हो । र नेपालमा भने सन् १९५५ देखी विश्वव्यापीकरणको अवधारणा अनुसार आफ्ना व्यवसायिक कार्यहरू भएका हुन् । यस प्रकृयाले गर्दा वैदेशिक लगानी भित्राउन, राष्ट्रिय प्रविधिमा सुधार ल्याउन, वैदेशिक लगानिमा देश भित्रै नयाँ उद्योग धन्दा सन्चालन गर्न र राष्ट्रको यूवा बेरोजगारी समस्यालाई हल गर्न सकिन्छ । साथै, यस व्यवसायिक कार्यले गर्दा नै अन्तर्राष्ट्रिय अर्थ बजारमा राष्ट्रिय बस्तु तथा सेवा सहित उपस्थिति जनाउन सजिलो भएको छ । त्यसैले, विश्वव्यापिकरणले नै नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन ठुलो भूमिका रहेको छ । त्यसैगरी, औद्योगिक क्रान्ति, खुला बजार अर्थतन्त्र, सीमा पार व्यवसाय, व्यवसायिक उदारिकरण, एकिकृत विश्व व्यापारको बढ्दो आवश्कयताले यो अवधारणा अहिले आम व्यवसायीहरू तथा उपभोक्ताहरू बिच स्वीकार्य भएको छ ।
त्यसले विश्वव्यापिकरण गर्नु पर्ने मुख्य कारणहरू निम्न प्रकारका छन् ।
- प्रविधीमा आएको विकास र जटिलता ।
- राष्ट्र राष्ट्र बिच बढ्दै गएको आर्थिक तथा सामाजिक अन्तर निर्भरता ।
- सूचना सँन्चारको बढ्दो प्रयोग र विकास ।
- सरकारी नीति नियम जस्तै, निजीकरण, बजारिकरण र खुला बजार अर्थ व्यवस्था ।
- मानव सँमसाधनको बढ्दो आवश्कयता र व्यवस्थापन ।
- गुणस्तरिय बस्तु तथा सेवा प्रति ग्राहकाहरूको चाहाना र उपभोक्ताहरूको सहज ढंगले बस्तु तथा सेवा प्राप्त गर्ने योजना ।
र विश्वव्यापिकरणको कार्यन्वयन निम्न तरिकाले हुने गर्दछ ।
- खुला अर्थ बजारको अभ्यासद्धारा ।
- उत्पादनका साधनहरूको परिचालन तथा विनियमयद्धारा ।
- प्रविधको विशिष्टिकरणद्धारा ।
- सूचना तथा सँञ्चार माध्यमद्धारा ।
- बहुराष्ट्रिय कम्पनी तथा सो कम्पनिको ख्याती मार्फत ।
- र देश देश बिचको आर्थिक अन्तर निर्भरता मार्फत ।
र विश्वव्यापिकरणको कार्यान्वयनको लागि निम्न व्यवसायिक विधीहरू प्रयोग गरिन्छ ।
- बस्तु तथा सेवाको आयत तथा निर्यात ।
- सँयुक्त परियोजना तथा व्यवसाय सन्चालन ।
- प्रत्यक्ष लगानी नीति ।
- रणनैतिक सम्बन्ध र सहकार्य ।
भूमण्डलिकरणका फायदाहरू यस प्ररकारका छन् ।
- नयाँ व्यवसायिक वतावरणमा सहज प्रवेश हुन्छ ।
- नयाँ बस्तु तथा सेवा र प्रबिधिको विकास हुन्छ ।
- बस्तुको उत्पादन मुल्य कम पर्न जान्छ ।
- बस्तु तथा सेवाको विश्वव्यापिकरण हुन्छ ।
- बैदेशिक श्रम, शीप, पूँजी, प्रबिधी र व्यवस्थापन र व्यवसायिक कार्यजोयजनाको हस्तारण हुन्छ ।
- बैदेशिक व्यापारमा बृद्धि हुन्छ ।
- नयाँ रोजगारिका अवसरहरूको श्रृजना हुन्छ ।
भूमण्डलिकरणका बेफाइदा निम्नप्रकारका छन् ।
- राष्ट्रिय सार्भौमता आँच आउन सक्ने ।
- बातावरणिय तथा पर्यावरणिय क्षति ।
- मानव सँसाधनको पलायन ।
- पुँजी पलायनको खतरा ।
- कामको असुरक्षा आदी ।
चुनौति भने निम्न प्रकारका छन् ।
- मानव सँसधानको बढ्दो प्रभाव र आवश्यकता ।
- सामाजिक तथा सँस्कृतिक बिचलन ।
- बसाई सराई तथा स्थानीय काम गुम्न सक्ने खतरा ।
- बजार व्यवस्थापन तथा सन्चारको बढ्दो प्रभाव ।
- तिब्र प्रतिस्पर्धा हुन् ।
त्यसैले, विश्वव्यापिकरणको बढ्दो प्रभाव र चुनौतिलाई व्यवस्थापन गर्दै राष्ट्रिय हितमा काम गर्न सक्नुपर्छ । किनभने राष्ट्रिय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न सकियो भने वा आन्तरिक उत्पादनलाई बढाउन सकियो भने ती बस्तु तथा सेवालाई अन्तराष्ट्रिय बजारसम्म लैजान सकिन्छ । त्यसका लागि क्रमस उपभोग र उत्पादित वस्तुको निर्यातमा जोड दिनु, स्थानीय व्यापारको गुणस्तर बढाउनु, प्रतिस्पर्धा र उत्पादकत्वमा वृद्धि गरी प्रतिस्पर्धात्मक लाभ सुनिश्चित गर्नु, आन्तरिक उत्पादन, उपभोग र उत्पादित वस्तुको निर्यातमा जोड दिनु जरुरी छ । त्यसैगरी, भूमण्डलिकरणले गर्दा विश्व एउटा गाँउको रूपमा परिवर्तन भएको छ । पूँजी, प्रबिधि र श्रमको विश्वव्यापी रूपमा आदान प्रादन भएको छ । बजार बिस्तारको लागि वा बस्तु तथा सेवा खरिद बिक्रकीको लागि खुला बजार नीति, व्यवसायिक उदारिकरण नीति र व्यवसायिक नीजिकरणको निती नै मुख्य माध्यम भएका छन् ।
नेपालको सन्दर्भमा विश्वव्यापिकरणको प्रभावको र अवस्थाको बारेमा कुरा गर्ने हो भने वातावरणिय वा पर्यावरणिय सुधारको लागि उचित कानुन बनाउनु पर्छ किनभने आत्यावसेक कच्च पदार्थको खोज तथा सँकलन गर्दा देशको पर्यवरणिय पक्ष नास भएर जाने गरेको छ । साथै, स्थानीय उद्योग व्यवसायलाई पनि नियमित रूपमा सन्चालन गर्नु अर्को आवश्कयता छ । त्यसबाहेक, हाम्रा आन्तरिक बजार र उद्यौगको क्षमता अबिवृद्धि गर्नुपर्छ । र सामाजिक उत्तरदायित्वका बिविध पक्षलाई पनि ध्यान दिनुपर्छ । साथै, निर्यात बढाउनु पर्छ भने क्षेत्रीय व्यवसायिक सँगठनको ढाँचालाई बस्तु तथा सेवाको बिक्रि बितरणको गर्नका लागि आवश्यक सुधार गर्नुपर्दछ ।
तर अहिलेको बास्तविकता भने अर्कै छ । जस्तै, स्थनीय उत्पादन, व्यवसाय र बजार खुम्चिदै गएको छ । परनिर्भारता बढ्दै गएको छ । देशको व्यापार घाट चुलिएको छ । रेमिटेन्समा आधारित देशको अर्थतन्त्र निर्माण भएको छ । देश गरिवी र बेरोजारीले थिलथिलिएको छ । तर, अन्तराष्ट्रिय बजारमा नेपाली श्रमको आवश्यकता पनि विश्वव्यापिकरणकै कारणले भएको हो । साथै, नेपाली बस्तु तथा सेवाले पनि अन्तराष्ट्रिय विश्व वजार पाएका छन् । देशमा पुँजी र प्रबिधी भित्रिएको छ । नयाँ सामाजिक तथा सँस्कृतिक परिवेशको बिकास भएको छ । देश देश बिच आर्थिक अन्तरनिर्भर बढ्को छ । पूँजी, प्रबिधी, व्यापार, मानव सँसाधन, व्यवसायिक योजना र रणनीति अन्तराष्ट्रियकरण भएका छन् ।
व्यवसायिक हितको लागि देशले अहिले खुला र उदार अर्थतन्त्रमाको नीति लिएको छ । राष्ट्रिय बस्तु तथा सेवाको उपलब्धता विश्व भरी पुगेको छ । उपभोक्ता, उत्पादक र व्यापारी बिच सह सम्बन्ध स्थापित भएको छ । महत्वपुर्ण उपलब्धी भनेकै देशमा उत्पादित बस्तु तथा सेवालाई अन्तराष्ट्रिय बजारबाट पनि खरिद विक्री गर्न सकिन्छ । र यो सुविधा नेपाली उद्यमि व्यवसायिहरूले पनि प्राप्त गरेका छन् । नेपाली सामानहरू जस्तै, गलैचा, पस्मिना र हस्तकलाका सामान अन्तराष्ट्रिय बजारमा पुगेका छन् । चिया, अदुवा र अचैची, अम्लिसो, उखु जस्ता नगद बाली पनि भारत र अन्य विश्वका मुलकहरूमा पुगेका छन् । विश्वका ठूला बहु राष्ट्रिय कम्पनीहरू बजेट, पुँजी, प्रविधी, सँस्कृती, सूचना र बस्तु तथा सामान वितरणण गर्ने माध्यम भएका छन् । तर, स्वदेशी बजार बिदेशी बिदेशी मुलुकको उत्पादन बजार भएको छ । देशको अर्थतन्त्र परनिर्भर भएको छ । स्वदेशी बस्तु तथा सेवाको स्थानमा अन्तराष्ट्रिय बस्तु तथा सेवाले बजार लिएका छन् ।
अन्त्यमा, विश्वव्यापिकरण भनेको भू मण्डलिकरण हो । विश्वव्यापिकरणले राष्ट्रिय अर्थतन्त्रको सम्बर्धनमा पूँजी, प्रविधी र रोजगारी मार्फत उल्लेखिय सहयोग पुर्याउँछ । त्यसैले, पूँजी, प्रविधी, सूचना, व्यवसायिक ढाँचा, व्यवसायिक रणनीति र उत्पादनका अन्य श्रोतहरू विश्वव्यापी रूपमा विभिन्न मुलुकमा पुगेका छन् । साथै, राष्ट्रिय श्रम, प्रविधी, पूँजी र मानसँसाधनको उच्चम प्रयोगमा यसले थप मद्त पुर्याएको छ । साथै, यही व्यवसायीक नीतिले गर्दा राष्ट्रिय बस्तु तथा सेवाहरू अन्तराष्ट्रिय बजार वा उपभोक्ताहरू बीच पुगेको छ । यसले विश्वलाई नै एक साझा गाउँको रूपमा विकास गर्दै लगेको छ । र देश देश बिच आर्थिक अन्तरसम्बन्ध पनि कायम हुँदै गएको छ । र यसले मुख्यरूपमा देशको राष्ट्रिय आय बृद्धि गर्न, देशको रेमेटेन्स बढाउन्, उद्योग तथा पेशामा आश्रित हुने जनसँख्या बढाउन उल्लेखिय योगदान पुर्याएको छ । त्यसैले यस मुद्धामा व्यवसायिक वतावरणमा आउने बिभिन्न प्रकारका चुनौतिलाई सामाना गर्दै आवश्यक रणनीति बनाउँदै व्यवसायीक सफलता पाउन अघि बढ्नु अबको कार्य दिशा हो ।