पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता नेपालीलाई प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
पोखरेलले आफ्नो दलबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।