डिसहोम र प्रभु टिभी मर्ज हुने

आजभोलि

काठमाडौं। डिसहोमले प्रभु टिभीलाई एक्वायर गरेको छ । दुवै कम्पनीले एकआपसमा गाभिन गत वैशाख पहिलो सातादेखि प्रयासरत थिए । यसअघि डिसहोमले केबल टेलिभिजन सेवा दिँदै आएको र सिम टिभी पनि खरिद गरेको थियो । एक महिना भित्रमा एक्वायरसम्बन्धी सबै काम सक्ने गरी प्रक्रिया सुरु गरेको छ । अब प्रभुका ग्राहकहरुले विभिन्न भेराइटीका सेवा पाउँनेछन् । अहिले भइरहेकै सेवा चलाउनुका साथै डिसहोमले दिइरहेका सेवामा पनि निरन्तरता हुने छ ।

डिसहोमले आइपीओ जारी गर्ने तयारी गरिरहँदा प्रभु टिभीसँगको प्राप्तिलाई टुंगोमा पु¥याएको हो । दुवै कम्पनी एक भएपछि प्रभु टिभीका ग्राहकहरुलाई पनि डिसहोमका सेवा लिन सहज हुने विश्वास डिसहोमले लिएको छ । हाल डिसहोमले डिटिएच प्रविधिबाट टेलिभिजन र फाइबर इन्टरनेट सेवा दिँदै आएको छ । त्यसैगरी प्रभु टिभीले पनि टेलिभिजनका साथै इन्टरनेट सेवा दिँदै आएको छ । सिम टिभीसमेत गरेर डिसहोमसँग १९ लाखभन्दा बढी ग्राहक रहेका छन् । प्रभु टिभीसँग भने डेढ लाख भन्दा बढी ग्राहक रहेको बताइएको छ ।

 

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !