माधव नेपाल समूह केपी समूहसँग मिल्ने सम्भावना कति ?

दोहोरो दवावमा माधवकुमार नेपाल

आजभोलि

काठमाडौं । नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतका शीर्ष नेताहरूले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन, राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको’ भन्दै पुनः स्पष्टता दर्शाएका छन् । असार १ गते शिर्ष नेताहरुको छलफलपछि निश्किएको निश्कर्ष हो यो ।

साथै, नेताहरुले आपसी सम्बन्ध बलियो बनाउने र एक–आपसमा अविश्वास उत्पन्न गराउने विषयबाट सजग रहने प्रतिबद्धता पनि व्यक्त गरेको सार्वजनिक भएको छ । तर विश्वस्त सुत्रका अनुसार माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सम्बाद गराई रहेकाहरुले एकिकरणको अन्तिम चरणमा पु-याएको दावी गरेका छन् ।

दोस्रो पुस्ताका नेताहरुको दवावमा परेका एमालेका माधवकुमार नेपाल अलग भए पनि उनीसँग ६ जना मात्र सांसद रहने बुझिएको छ । गत सोमबार नेपाल निवास कोटेश्वरमा उनीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काबीच छलफल भएको थियो ।

माधव नेपालप्रति आशंका भएकैले उनीहरु नेपाल निबासमा पुगेका हुन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टाराई, घनश्याम भुसाललगायतका नेताहरुले एमाले संस्थागत रुपमा नछाड्न दवाव दिदै आएका छन् ।

सर्वोच्च अदालतले दशौँ महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेपछि एमालेभित्र एकताको विषय जोडतोडले उठिरहेका वेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो विपक्षी गठबन्धनप्रति आफ्नो प्रतिबद्धता र उत्तरदायित्वमा कुनै कमी नआएको सन्देश दिएका छन् । शंकाको घेरामा परेका एमाले नेता माधवकुमार नेपालप्रति गठबन्धनका नेताहरुले भने उनलाई विश्वास गर्न सकिरहेका छैनन् ।

तर पार्टीभित्र आफ्नै समूहका नेताहरू एकता प्रयासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीनिकट नेताहरूसँग संवादमा रहेकै वेला वरिष्ठ नेता नेपालले आफ्नै निवास कोटेश्वरमा शीर्ष नेताहरूको बैठक आयोजना गरेर गठबन्धनप्रतिको आफ्नो प्रतिबद्धता दोहो–याएका छन् ।

आफ्नो निवासमा विपक्षी गठबन्धनको बैठक गरेर वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली र एकताको पक्षमा भन्दै दौडधुप गरिरहेका दोस्रो तहका नेताहरूलाई ‘तत्काल र यथास्थितिमा एकता सम्भव नरहेको’ सन्देश पनि दिएका छन् ।

नेता नेपालको विपक्षी गठबन्धनमा आबद्धताले सत्ता राजनीति र संसद् पुनस्र्थापनासम्बन्धी सर्वोच्चमा परेको रिटमा ओलीमाथि दबाब परेको छ । ओलीनिकट कतिपय नेताहरूले नेपालको विपक्षी गठबन्धनप्रतिको आबद्धता पार्टी एकतामा बाधक रहेकोसमेत बताउँदै आएका छन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !