ग्रामीण अर्थतन्त्रका नेपाली आयामहरु

प्रवीण भट्टराई

ग्रामीण अर्थतन्त्र भनेको स्थानीय गाउँठाउँमा विभिन्न प्रकारका आर्थिक कृयाकलापहरु बिशेषत श्रमिक, साहु, उपभोक्ता,बिक्रेता, बैक तथा बित्तिय सँस्था बिचको अन्तर निर्भरताबाट बन्ने अर्थतन्त्र हो । जहाँ उत्पादनका साधनहरु जग्गा, पूँजी, श्रम र श्रोत साधनहरु ग्रामीण अर्थतन्त्र सम्बद्ध बनाउनका लागि प्रयोग गरिन्छ। भौतिक पूर्वाधारका सेवा सुविधाहरु जस्तै सँन्चार, यातायात, बिजुली, प्रविधी आदी ग्रामीण अर्थतन्त्र निर्माण कार्यमा साहयक सिद्ध हुन्छन् । त्यसबाहेक, ग्रामीण अर्थतन्त्रले गाउँको कृषि पेशालाई थप व्यवसायिक बनाउनु पर्दछ । वा स्थानीय गाउँठाउँमा कृषि पेशाबाट सन्चालित हुने साना तथा मझौला व्यवसायको थप बिस्तार गर्नुपर्दछ । र ग्रामीण क्षेत्रबाट प्राप्त भएका बस्तु तथा सेवाको मौद्रिक व्यवहारबाट नै ग्रामीण अर्थतन्त्रको निर्माण हुन्छ भनि व्याख्या गर्दछ ।

 

ग्रामीण अर्थतन्त्रको बारेमा थप चर्चा गर्ने हो भने निम्न प्रश्नहरुको उत्तर जान्नु आवश्कय छ ।

  • ग्रामीण क्षेत्र भनेको के हो ?
  • अर्थतन्त्र भनेको के हो ?

त्यसैले,

  • ग्रामीण क्षेत्र भनेको मुख्यगरी कृषि र कृषिमा आधारित पेशा व्यवसाय गर्न सक्ने भूभागलाई ग्रामिण क्षेत्र भनिन्छ । यो क्षेत्रले हिमाल, पहाड र तराईका निश्चित भूगोललाई समेट्ने गर्दछ । जस्तै, कृषि, पर्यटन, पर्यापर्यटन, पशुपालन, मौरि पालन, चौरी पालन, भेडा पालन, जुट उत्पादन, बनस्पती बाली सन्चालन, नगदे बालीको व्यवसायिक खेतिपाती,माछापालन, स्थानीय पूर्खेउली पेशा व्यवसाय जस्तै ठेकी बनाउने, मादल बनाउने, कोलबाट तेल पिस्ने, पानी घट्टबाट अन्नपात पिसानी तथा कुटानी गर्ने आदी । साथै, ती ग्रामिण क्षेत्रहरुमा साना तथा घरेलु उद्योगहरु बैक तथा वित्तिय सँस्थाको सहयोगमा पनि व्यवसायिक कार्यहरु हुन्छन् । जहाँ आधुनिक प्रविधी र सूचना सन्चारले गर्दा उत्पादन र बजारिकरणमा सहयोग पुर्याएको हुन्छ ।

ग्रामीण क्षेत्रका मुख्य विशेषता निम्न हुन सक्छन् ।  

  • गाउँले परिवेशमा आधारित भौगोलिक वातावरण हुन्छ ।
  • कृषि पेशामा आधारित अर्थतन्त्र हुन्छ ।
  • भौतिक पूर्वाधारको अपर्याप्तता हुन्छ ।
  • कृषिमा आधारित उत्पादन र उत्पादकत्व हुन्छ ।
  • दक्ष दनशक्तिको कमी वा कृषिमा आधारित जनशक्ति हुन्छ ।

त्यसैगरी, अर्थशास्त्र भनेको मौद्रिक अर्थ व्यवस्था सहितको बस्तु तथा सेवा उत्पादन गर्ने, वितरण गर्ने र सोको उपभोग गर्ने कार्य हो । जहाँ उत्पादनका साधानहरु जग्गा, पूँजी, श्रम र बस्नु तथा सेवाको उत्पादक र उपभोक्ता बिच मौद्रिक कारोबार हुन्छ ।

तसर्थ, कृषि तथा गैर कृषि पेशमा आधारित भएर स्थानीय गाउँठाउँमा उत्पादन हुने बस्तु तथा सेवाको मौद्रिक कारोबार गर्नु वा हुनु नै ग्रामीण अर्थशास्त्र हो । जस्तै, श्रोतहरुको पहिचान गर्नु, श्रोतहरुको परिचालन गर्नु, बस्तु तथा सेवाको उत्पादन गर्नु, सोको बिक्रि बितरण गर्नु आदि कार्यहरु ग्रामिण अर्थशास्त्रका प्रमुख बिषय बस्तु हुन् ।

परिभाषा :

  • ग्रामीण अर्थशास्त्र भनेको कृषि र गैर कृषि क्षेत्रको अध्ययनको बिषय हो । यस अध्ययन प्रकृयामा ग्रामिण क्षेत्रमा हुने आर्थिक वृद्धि, आर्थिक विकास र आर्थिक परिवर्तनको बारेमा अध्ययन गरिन्छ । साथै, कृषि तथा गैर कृषिमा आधारित ग्रामिण पेशा व्यवसाय सन्चालनमा उत्पादनका साधनहरुलाई उपयुक्त ढँगले प्रयोग तथा परिचालन गरिन्छ ।
  • बिभिन्न प्रकारका ग्रामीण आर्थिक कृयाकलापका कार्यहरु हुन् । जसले ग्रामिण पेशा व्यवसाय सन्चालनबाट ग्रामिण अर्थतन्त्रमा सुधार र समग्र ग्रामिण विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
  • ग्रामिण पेशा व्यवसाय गर्दै वा गाउँघरमै सानो तिनो आर्थिक कृयाकलाप गर्दै उनीहरु बिच रहेको सामाजिक बिभेदको अन्त्य गर्दै ग्रामीण क्षेत्रका व्यक्तिहरुको आर्थिक अवस्थामा सुधार ल्याउने कार्य हो । यस प्रकृयामा स्थानीय स्तरमा पाइने श्रोत साधनको उच्चतम् प्रयोग गरी ग्रामीण क्षेत्रको विकास गर्ने गरिन्छ ।

 

तसर्थ, ग्रामीण क्षेत्रको विकासको लागि ग्रामिण अर्थतन्त्रको महत्व ज्यादा छ । ग्रामीण क्षेत्रमा यूवालाई स्वरोजगार बनाउन वा ग्रामीण क्षेत्रमा उद्यमशीलतको विकास गर्न ग्रामीण अर्थतन्त्रको महत्व अधिक छ । किनभने नेपालका ग्रामीण क्षेत्रमा पूर्व देखि पश्चिमसम्म बिभिन्न प्रकारका स्थानीय पेशा तथा व्यवसाय सन्चालन हुने गरेका छन् । त्यो भौगोलिक अवस्था, सामाजिक परिवेश, भूवनौट, जातीय सँरचना, बस्तु तथा सेवाको उपलब्धता, बजारिकरण, स्थानीय स्तरमा भौतिक पूर्वाधारको अबवस्था, पूँजी र अन्य आवश्यक साधन श्रोतकोको पर्याप्ता आदिले निर्धाण गर्दछ ।

त्यसैगरी, हाम्रो देशमा पनि ग्रामीण अर्थतन्त्रका विभिन्न प्रकार मौलिक बिशेषताहरु छन् । जस्तै, पूर्वी पहाडी जिल्ला इलाम, ताप्लेजुङ, पाँचथर, सँखुवासभा र भोजपुरका ग्रामीण क्षेत्रमा अदुवा, अम्लिसो र अलैची, रुद्राक्ष दानाको व्यापार जस्ता नगदेबालीहरु सन्चालन गर्न सकिन्छ । त्यस्तै, पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म तराईका भूभागमा भने कृषि उपजनका धान, गहुँ, मकै सँगै दलहन र तेलहन बालिहरु तीन फसलसम्म लगाउन सकिन्छ । त्यसैगरी, ती क्षेत्रममा पशुपालन, कुखुरापालन,मौरीपालन, मत्स्यपालन, तरकारी खेती, फलफुल खेती, पुष्प खेती, जडिबुटि खेती, टेक्सटायका कपडाहरु उत्पादन तथा बिक्रिबितरणको कार्य सामाजिक परिवेश र जातीय बाहुल्यताको आधारमा सन्चालन गर्न सकिन्छ । त्यसबाहेक, पूर्वी हिमाली क्षेत्र देखि पश्चिमी हिमाली क्षेत्रमा पर्यटन व्यवसाय ग्रामीण अर्थतन्त्रको मुल व्यवसाय हुनसक्छ । साथसाथै, चौरिपालन, भेडा पालन र उनी कपडाको निर्माण र हिमाली जडीबुटिको सँकलन, उत्पादन, प्रसोधन र विक्रि बितरणका कार्यहरु पनि यस भेगमा बस्ने समुदायका लागि आर्थिक उपार्जन गर्न सक्ने माध्यम हुन सक्छन् । यस प्रकारको व्यवसायिक कार्यहरुले पनि ग्रामिण अर्थतन्त्र निर्माणमा सहयोग पुग्दछ ।

त्यसबाहेक, पहाडि जिल्लाहरु सँखुवासभा, भोजपुर र ओखलढुङ्गामा क्रमस करुवा निर्माण, सुनका गरगहना निर्माण र राडी पाखी उत्पादन गरी स्थानीय बजारमा बजारीकरण गर्न सकिन्छ । किनभने, ती व्यवसायिक कार्यहरु यस क्षेत्रका क्षेत्रका पुर्खेउलि पेशा हुन् । त्यसैले, ती स्थानीय रुपमा प्रचलित  पेशा व्यवसायले पनि ग्रामीण अर्थतन्त्र निर्माणमा योगदान सकारात्मक योगदान दिनसक्छ । जस्तै, सिन्धुली जुनार खेतिका लागि प्रख्यात छ । पाल्पा, बाग्लुङ, आर्घाखाँची, सल्यान, पर्वत, मनाङ, तनहुँ जस्ता पहाडी जिल्ला पनि यस्तको सामाजिक परिवेश अनुसारका स्थानीय पेशा व्यवसायलाई प्रवर्धन गरी ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ । जस्तै, पाल्पामा पाल्पाली ढाकाका लुगाकपडा बुनी स्थानीय रुपमा व्यापार व्यवसाय गर्न सकिन्छ ।   त्यसैगरी, झापा, सुनसरी, जनकपुर, काठमान्डौ उपत्यका, पोखरा उपत्यका, लुम्बनी, मुस्ताङ, इलाम, जुम्ला, गोरखा, दैलेखलाई  धार्मिक, एतिहासिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गरी ग्रामीण अर्थतन्त्रमा सुधार गर्न सकिन्छ ।

त्यसैगरी, कर्णाली प्रदेशलाई दीर्घकालिन रुपमा राज्यले ग्रामिण अर्थतन्त्रको आधार केन्द्र बनाउनु पर्दछ । त्यसका लागि स्थानीय सरकारले ग्रामीण अर्थतन्त्र सुधारका लागि एकिकृत योजना बनाउनु जरुरी छ । त्यसका लागि राष्ट्रिय योजनाका आयोगको आर्थिक योजना र कर्णाली विकास आयोजा २०६९ लाई व्यवहारिक  प्रयोग गर्न सकिन्छ । त्यसबाहेक,  यस क्षेत्रमा बिभिन्न प्रकारका पुर्खेलि पेशा, व्यवसाय र मौलिक किसिमको सामाजिक रहनसहन छ । सोहि सामाजिक रहनसहन र भौगोलिक वातावरण अनुसार ती स्थानीय पेशा व्यवसायलाई व्यवसायिकरण गर्न सकेको खण्डमा पनि त्यस भेगको ग्रामिण अर्थतन्त्रमा सुधार आउने पक्का छ ।

त्यसैगरी, पहाडी जिल्लाहरु लम्जुङ, पाल्पा र डोल्पा, धनकुटामा होम इस्टे सेवालाई व्यवस्थित रुपमा प्रवन्ध गरे ग्रामिण अर्थतन्त्र अझ मझबुद हुन्छ । साथै, पूर्वी पहाडी जिल्ला देखी पश्चिम पहाडी जिल्लामा भने विभिन्न प्रकारका पुशपालन, अन्न तथा फलफुल वाली र बनस्पति व्यवस्थित सन्चालन गर्ने हो भने पनि ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । जस्तै, अलैची, रुद्राक्ष दाना, युकालिप्टस, मेन्था, सूर्यमुखि फूल, कागति तथा निवुवा, अदुवा, मह उत्पादन, गाई बस्तु पालन, चौरिगाई पालन, याक पालन व्यवसाय सन्चालन आदी । त्यसैगरी, राष्ट्रिय बन्यजन्तु आरक्षण क्षेत्र, सिमसार क्षेत्र र नदी खोलामा आश्रीत हुने परिवारका सदस्यहरुको लागि उपयुक्त आर्थिक तथा स्वरोगारका कार्यक्रमहरु स्थानीय नियकाले ल्याउने हो भने त्यस कार्यहरुले पनि ग्रामिण अर्थतन्त्र सुधारमा आउने पक्का छ । तसर्थ, यी सबै ग्रामीण क्षेत्रमा पेशा व्यवसाय सन्चालन गर्नु भनेको देशको ग्रामीण अर्थतन्त्रमा योगदन पुर्याउन हो । तर, वन पैदावारमा आधारित उद्योगहरुको दायरा र बजार व्यवस्थित तथा विस्तार हुन आवश्कय छ । त्यसबेहक, ती स्थानीय क्षेत्रहरुमा कृषि पूर्वाधारहरु, कृषि ज्ञान र प्रविधिको विकास हुन पनि जरुरी छ ।

त्यसैगरी, चुरे भावर क्षेत्रमा भइरहेको दोहोनालाई अन्त्य गरी त्यस भेगमा परापुर्वकाल देखि नै सन्चालनमा आएका ग्रामिण पेशाहरु जस्तै, माछा मार्ने काम, डुँगा चलाउने, ठेकी बनाउने, पानी घट्बाट तेल तथा खाद्यन्य पिसानी तथा कुटानी कार्यलाई व्यवसायिकरण गर्न सकियो भने ग्रामीण अर्थतन्त्रलाई थप टेवा पुग्दछ । साथासाथै, भौगोलिक, सामाजिक तथा जातीय सँरचनाका आधारमा पनि हाम्रा ग्रामिण भूभागमा कपडा सिलाउने, आरन चलाउने, गरगहना बनाउने, भाँडाकुँडा बनाउने, पशु पालन गर्ने, मौरी पालन गर्ने, फलफूल खेती गर्ने, राडी पाखी बनाउने, जुट उत्पादन गर्ने, धान, गहुँ र मकै बाली लगाउने, तोरी उत्पादन गर्ने, कागति तथा अदुवा उत्पादन गर्ने, सिलाजित र अन्य हिमाली जडिबुटी उत्पादन गरी ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ । यस किसिमका सानो तिनो व्यवसायिक कार्यले सम्बन्धित ग्रामिण क्षेत्रमा नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति दिन सकिन्छ । साथसाथै, घरेलु तथा साना उद्योग सन्चालन गरेर वा बैक तथा वित्तिय सँस्थालाई स्थानीय गाउँठाउँमा लगेर वा सन्चार र स्थानीय बजारलाई व्यवस्थापन गरेर पनि ग्रामिण अर्थतन्त्रमा सुधार गर्न सकिन्छ ।

 त्यसैले,  ग्रामीण अर्थतन्त्रत मुख्यता दुई क्षेत्रमा आधारित हुन्छ ।

  • कृषिमा आधारित आर्थिक अर्थतन्त्र । (जस्तै, बालि उत्पादन, धान खेती, पशु पालन, कुखुरा पालन, माछा पालन, नगदे बाली जस्तै चिया, अदुवा, अलैचि, मेन्था, युकालिप्टस, मह, जुट, उखु, स्याउ, सुन्तला, जुनार, कागती, खोर्सानी, बेसार, हिमाली जडिबुटीहरु आदि )
  • गैर कृषिमा आधारित अर्थतन्त्र । ( घरेलु तथा साना उद्योग जस्तै, हस्तकला, टेक्सटाएल, करुवा, गरगहना बनाउने कार्य । र  बैक, वीमा, लघु बित्त र सँन्चार र स्थानीय बजार व्यवस्थापन आदी)

तसर्थ, ग्रामिण अर्थतन्त्रमा निम्न प्रकारका विशेषताहरु पाउन सकिन्छ ।

जस्तै,

  • गाउँ एक ग्रामीण आर्थिक निकाय हो ।
  • कृषि तथा गैर कृषि क्षेत्रका लागि उपयुक्त (उद्योग तथा सेवा क्षेत्र) ग्रामिण गाउँघर ।
  • न्यून आर्थिक वृद्धी तथा विकास र परिवर्तनको चाहाना ।
  • अव्यवस्थित उत्पादनका साधनको परिचालन र उपलब्धता ।
  • गरिवी तथा बेरोजगारीको अवस्था ।
  • दक्ष श्रम शक्ति शक्तिको अभाव र गाउँका हुने श्रम शक्तिको बसाइ सराईको जोखिम ।
  • गाउँले जीवन शैली र कमजोर भौतिक पूर्वाधारको अवस्था ।
  • ग्रामिण आयमा आधारित अर्थतन्त्र ।
  • बार्टर प्रणालीमा वा अचौ पैचोँमा आधारित दैनिक व्यवहार ।

तसर्थ, ग्रामिण अर्थतन्त्रले ग्रामीण विकासमा यस ढँगले सहयोग गर्छ ।

  • ग्रामिण स्तरमा हुने कृषिले कर्मले ग्रामीण बिकासमा सहयोग पुरयाउँछ ।
  • ग्रामिण स्तरमा हुने अर्थिक कृयाकलापले ग्रामीण विकासमा सहयोग पुर्याउँछ ।

 त्यसैगरी, नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कृषि पेशानै  ग्रामिण अर्थतन्त्र निर्माणको मुख्य पेशा हो । किनभने कुल जनसँख्याको ६५ प्रतिशत व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि पेशामा आधारति छन् । त्यसैगरी, कृषि पेशाले कुन ग्राहास्थ उत्पादनको करिव ३२ प्रतिशत योगदान पुर्याएको छ ।

 

हाम्रो देशमा ग्रामीण अर्थतन्त्र मूलतः निवार्हमूखि कृषि पेशामा आधारित छ । त्यसबाहेक, स्थानीय ग्रामिण अर्थतन्त्रको दीर्घकालीन रुपमा निम्न मुद्धालाई सम्बोधन गर्नुपर्छ । जस्तै, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, बस्तु तथा सेवाको समन्यायिक वितरण प्रणाली, प्राकृतिक स्रोतहरुको दिगो र व्यवस्थित प्रयोग तथा परिचाल र  उपभोक्ता सन्तुष्टि  हुनुपर्दछ । त्यसैले, यी माथि उल्लेखित मुद्धाहरुलाई उपयुक्त ढँगले सम्बोधन गर्न सकियो भने मात्र देशको ग्रामिण अर्थतन्त्रलाई सुधार गर्न सकिने प्रसस्त सम्भावना र अवसरहरु छन् । किनभने कृषिमा आधारित खेतिपाती तथा साना तथा मझौला व्यवसायले नै ग्रामिण अर्थतन्त्रमा सुधार गर्दै  ग्रामीण विकास गर्न सकिन्छ । त्यसबाहेक कृषि कर्मकै माध्यमबाट गाउँघरमा नै स्थानीय रुपमा रोजगारीका अवसरहरु श्रृजना गर्न सकिन्छ । साथै, गैर कृषि पेशा व्यवसायबाट पनि गाउँघरको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।  त्यसका लागि गाउँ घरमा भौतिक पूर्वधारको विकास वा पर्याप्ता, व्यवसायिक अवसर र स्थानीय यूवालाई रोजगारिका अवसरहरु दिन सक्नुपर्दछ । साथै, ग्रामीण अर्थतन्त्र निर्माण गर्न सामाजिक तथा राजनीतिक रुपमा स्थानीय गाउँघर अप्रभावित हुनुपर्दछ । प्रधानत, कृषि पेशालाई विबिधीकरण गर्न सक्नुपर्दछ । तबमात्र ग्रामीण अर्थतन्त्रमा सुधार गरी ग्रामीण विकास गर्न सम्भव छ ।

त्यसैले, ग्रामीण पेशा व्यवसायको माध्यमबाट स्थानीयबासीलाई आर्थिक रुपमा सक्षम बनाउनु नै ग्रामीण अर्थतन्त्रको मुख्य ध्येय हो । त्यसैले, यस प्रकारको आर्थिक स्वरोजगारिको कार्यले स्थानीय गाउँघरबाट कुनै समुदाय वा गाउँले यूवाहरु सहर तथा अन्य सहरी क्षेत्रमा बसाइ सराइ गर्ने कुरालाई निरुत्साहित गर्छ ।

त्यसबाहेक ग्रामीण अर्थतन्त्रका महत्व निम्न अनुसारका छन् ।

  • ग्रामीण अर्थतन्त्रमा सुधार आउने ।
  • स्थानीय व्यक्तिलाई नयाँ कामको अवसर आउने ।
  • हसस्व्राब्दी लक्ष्य हाँसिलमा मद्त पुग्ने ।
  • ग्रामीण विकासमा सहयोग पुग्ने ।
  • ग्रामीण क्षेत्रमा सामाजिक तथा सँस्कृतिक विकास हुने ।
  • ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगमा बृद्धि हुने ।
  • कृषि क्षेत्रमा प्रगति हुने ।
  • पूर्वाधारको विकास हुने ।
  • देशको कुल ग्राहस्त उत्पादनमा वृद्धि हुने ।

त्यसबाहेक, ग्रामीण अर्थसास्त्रको बारेमा निम्न प्रश्नहरुको उत्तर खोज्नु आवश्यक छ ।  

  • के कृषि पेशाले मात्र ग्रामीण अर्थतन्त्र बलियो बनाउन मद्धत पुर्याउँछ ? ग्रामीण अर्थतन्त्रको बृद्धिको लागि गैर कृषि क्षेत्रबाट कसरी लाभ लिने ?

  • ग्रामीण क्षेत्रमा कृषि र गैर कृषि क्षेत्रमा के कस्ता आर्थिक श्रोतहरु हुन सक्छन् ? रोजगारीको अवसर के कसरी स्थानीय बासीलाई दिलाउन सकिन्छ ?

  • रेमिट्यासमा आश्रित ग्रामिण अर्थतन्त्रलाई कसरी कृषि पेशा व्यवासय केन्द्रित बनाउने ?

  • रुघड् उद्योगलाई पुन कसरी सन्चालनमा ल्याउने ? लोप उन्मुख पेसा व्यवसायलाई कसरी स्थानीय स्तरमा प्रवर्धन गर्ने ?

  • स्थानीय ग्रामीण बैक, सहकारी तथा लघु बित्तबाट कसरी वित्तिय श्रोतको अभावलाई परिपूर्ती गरी कृषि पेशा व्यवसायलाई सक्षम र दीर्घकालिन रुपमा लैजाने ?

  • दक्ष यूवा शक्तिलाई कसरी ग्रामिण अर्थतन्त्र विकासको लागि आर्कसित गर्ने ?

  • कृषकलाई मल बिउ तथा अन्य कृषि परामर्श दिन के कस्ता प्रभावकारी उपायाहरु अपनाउने ?

  • ग्रामीण अर्थतन्त्र सुधारको लागि भौतिक पूर्वाधारलाई कसरी ग्रामिण इलाका सम्म पुर्याउने ?

  • कच्च पदार्थको खरिद, उत्पादन र विक्रि बितरण सम्म के कस्ता बजारशात्रिय रणनीतिहरु अपनाउने?

  • गैर कृषि उपजबाट कसरी ग्रामिण अर्थतन्त्र निर्माणमा प्रयोग गर्ने ?

किनभने ग्रामीण अर्थतन्त्र नै ग्रामिण विकासको मुल आधार हो ।  त्यसैले  ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउने हो भने ग्रामिण क्षेत्रको सामाजिक, वातवरणिय र आर्थिक पक्षमा उचित ढँगले सम्बोधन गर्नुपर्छ । त्यसैले, ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने कुनै पनि स्थानीय गाउँको सामाजिक, बातावरणीय र आर्थिक अवस्थामा सुधार आउँछ । त्यसैगरी, ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउने हो भने ग्रामीण गाउँघरमा भौतिक पूर्वाधारमा पनि सुधार गर्नुपर्दछ । वा भौतिक पूर्वाधारका सेवा सुविधा गाउँघर सम्म लैजानु पर्दछ । साथै, स्थानीय स्तरमा उत्पादन हुने बस्तु तथा सेवाहरुको उपयुक्त ढँगले बजारिकरण गर्नु पनि आवश्कय छ ।

हाम्रा गाउँ घरमा कृषिमा आधारित पेशा व्यवसाय सन्चालन हुन्छन् । जसलाई नगदे बाली र गैर नगदे बालीमा बिभाज गर्न सकिन्छ । त्यसैले, देशका ग्रामीण भूभागमा ग्रामीण पर्यटन, पर्यापर्यटन, पशुपालन, मत्य पालन, मौरी पालन, भाँडाकुँडा तथा सुनचाँदिका गरगहना निर्माण, मौरीपालन, सुँगुर तथा बँगुर पालन जस्ता पेशा व्यवसाय सन्चालन गर्न सकिन्छ । त्यसैगरी, धर्मिक पर्यकट, बन तथा राष्ट्रिय निकुन्ज भ्रमण कार्यक्रम, दुग्ध व्यवसाय सन्चालन, साना तथा मझौला कटेज उद्योग सन्चालन, हेण्डि क्राफ्ट व्यवसाय सन्चालन, तेल उद्योग सन्चालन, अन्न पिसानी तथा कुटानी व्यवसाय र हस्तकालाका सम्बन्धिका व्यवसाय सन्चालन गर्न सकिन्छ । त्यसबाहेक, ग्रामिण अर्थतन्त्रका लागि गैर कृषिका व्यवसाय पनि सन्चालन गर्न सकिन्छ । जुन कार्य बैक तथा बित्तिय सँस्थाको कर्जा सहयोगमा साना तथा मझौला व्यवसाय सन्चालन गरी व्यवसायिक रुपमा सन्चालन गर्न सकिन्छ ।

त्यसैले, ग्रामिण अर्थतन्त्रको बारेमा अतिरिक्त चर्चा गर्ने  हो भने ग्रामीण विकास भनेको के हो ?  बारे बुझ्न आवश्कय छ । किनभने,  ग्रामीण अर्थतन्त्रको स्थिती राम्रो भयो भने मात्र ग्रमीण विकास सम्भव छ ।

परिभाषा :

  • ग्रामीण विकास भनेको सामाजिक तथा आर्थिक रुपमा ग्रामीण क्षेत्रको बिधी सम्बद्ध तरिकाले विकास गर्ने प्रकृया हो ।
  • स्थानीय स्तरमा पाइने साधन श्रोतको प्रयोग गरी वृहतर रुपमा विकास गर्ने प्रकृया नै ग्रामीण विकास हो ।

त्यसैले, ग्रामीण विकास गर्ने हो भने एकिकृत गाउँ विकास योजना अनुसार गाउँको विकास गर्नुपर्छ । जहाँ बिभिन्न प्रकारका ग्रामीण अर्थ व्यवस्थालाई टेवा पुग्ने गरी स्थानीय पेशा व्यवसाय सन्चालन हुन्छन् ।  ग्रामीण विकासमा स्थानीय गाउँघरको सामाजिक तथा आर्थिक विकास हुन्छ । तसर्थ, ग्रामीण अर्थतन्त्रका बिभिन्न कृयाकलापबाट ग्रामिण विकास सम्भव छ । जसका लागि स्थानीय गाउँघरको सामाजिक, आर्थिक, वातावरणिय पक्षमा उलेखिय सुधार आउनु आवश्कय छ ।

स्थानीय जनतालाई परम्परागत कृषि पेशाको बारेमा मात्र ज्ञान छ । तर अहिलेको अवस्थामा उक्त परम्परागत कृषि पेशाबाट पर्याप्त आम्दानी हुन सक्दैन । यो ग्रामिण अर्थतन्त्र निर्माणको लागि उपुक्त हुँदैन । साथै, ती ग्रामीण पेशा व्यवसायहरु त्यही भेगका स्थानीयलाई जीविको पार्जन गर्ने माध्यम मात्र भएको छ । त्यसैले, ग्रामीण अर्थतन्त्रलाई मबबुद बनाउनु भन्दा पनि ग्रामीण क्षेत्रमा अचो पैचो र अर्म पर्म ग्रामीण अर्थतन्त्रको आधार भएका छन् । त्यसैले, देशका मध्य पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपजहरु जस्तैः कोदो र फापरको पिठो, जौ र मकैको सातु, मकैको आटो, आलु, अदुवा, लसुन, बेसार, अलैंची, दाल, घ्यू, सिस्नोको धुलो, कफी, तरकारी तथा फलफूलको स्थानीय रुपमा व्यापारिकरण गर्नु नै ग्रामीण अर्थतन्त्र निर्माणमा साहायक सिद्ध हुन्छ ।

किनभने ग्रामीण अर्थतन्त्र देशको महत्वपूर्ण आर्थिक एकाइ हो । यस कार्यले ग्रामीण अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ । यसका लागि गाउँ केन्द्रित पेशा व्यवसाय सन्चालन गरेर गाउँकै अर्थतन्त्रलाई चलायामान बनाउने गरिन्छ । त्यसैले, ग्रामिण बिसकासको लागि  ग्रामिण अर्थतन्त्र चलायामान हुनुपर्दछ ।

ग्रामीण अर्थतन्त्र मुख्य गरी कृषि उपजमा आधारित हुन्छ । गैर कृषि वा सेवा क्षेत्रबाट पनि ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ । गाउँघरमा रोजगारीको अवसर श्रृजना हुन्छ । त्यसैले अचेल हाम्रा गाउँघरका मौलिक पेशा व्यवसाय केहि मात्रामा भए पनि व्यवसायिकरण हुन थालेका छन् । यस कार्यले पनि ग्रामीण अर्थतन्त्र निर्माणमा सहयोग पुगेको छ । र भौतिक पूर्वाधारका सेवा सुविधाहरु स्थानीयबासी बिच पुगेकाले पनि ग्रामीण अर्थतन्त्र निर्माणमा योगदन पुगेको छ भनि मानिदिँदा भयो ।

तसर्थ, नेपालको सन्दर्भमा भने ग्रामीण अर्थतन्त्रका बिशेषता  यस प्रकारका छन् ।

  • कृषिमा आधारित अर्थतन्त्र छ ।
  • स्थानीय ग्रामीण श्रममा आधारित ।
  • गाउँले जन जीवनमा आधारित छ ।
  • ग्रामीण अर्थतन्त्रमा आधारित ।
  • अचो पैचोमा आधारित बजारिकरण ।

र ग्रामीण अर्थतन्त्रका सरोकारबालाहरु निम्न अनुसारका छन् ।

  • कृषक
  • साहु महाजन
  • उपभोक्ता
  • बित्तिय सँगठन
  • श्रमिक

त्यसैले, कृषि नै ग्रामीण अर्थतन्त्रको आधारशिला हो । र कृषिको देशको आर्थिक विकासमा उच्च योगदान रहेको छ । त्यसैले, ग्रामीण अर्थतन्त्र कृषिमा धारारित छ । किनभने कृषि पेशा  ग्रामिण क्षेत्रमा प्रमुख जीवन निर्वाह गर्ने मुख्य पेशा हो । साथै, ग्रामीण अर्थतन्त्र निर्माणमा गैर कृषि क्षेत्र जस्तै साना तथा घरेलु उद्योग र बैक तथा बित्तिय सँस्थाको भूमिकलाई पनि कम आँकलन गर्नुहुँदैन ।

तर नेपाली अर्थव्यवस्थाका विविध आयामहरुमा छन् । पछिल्लो समयमा जस्तै, कृषि उपज आयतामुखि भएका छन् । भने ग्रामिण अर्थतन्त्र विप्रेषणमा निर्भर हुन पुगेको छ । त्यसैगरी, ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास जस्तै, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, कलकारखाना, सडक नहुँदा नयाँ नयाँ अवसरको खोजीमा गाउँघरबाट सहर पस्ने क्रम पनि हावत्तै बढेको छ । फलस्वरुप, सहरी अर्थतन्त्रले ग्रामीण अर्थतन्त्रलाई निश्तेज बनाएको छ । त्यसैगरी, कृषि पेशमा आधारित गाउँको ग्रामिण अर्थतन्त्र युवा जनशक्तिको अभावमा तहसनहस भएको छ । भेलबाढी, भूक्षय, किटनासक दवाइको बढ्दो प्रयोगले कृषिजन्य बस्तुको उत्पादन सोचे जस्तो नहुँदा कृषिजन्य वस्तुहरुमा समेत परनिर्भर रहनुपर्ने अवस्था छ । साथै, आन्तरिक तथा वाहिय्य बसाइ सराईले गर्दा ग्रामीण जनसंख्या क्रमशः कम हुँदै जाँदा ग्रामिण अर्थतन्त्र पनि राम्रो बन्न सकेको छैन । तर ग्रामीण भेगका यूवा समूहलाई गाउँमै स्वरोजगार बनाउने हो भने गाउँमा नै साना तथा मझौला कृषि उपजमा आधारित उद्योग व्यवसाय  सन्चालन गरेर गाउँ केन्द्रित उद्यमशीलताको अवसर श्रृजना गरेर ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकिन्ने सम्भावना पनि उत्तिकै छ ।

त्यसैगरी, ग्रामीण अर्थतन्त्र सुधारको लागि प्रत्येक ग्रामीण क्षेत्रमा उद्यमशीलता विकासका लागि वित्तीय पहुँच हुनुपर्दछ । जसले सानो पूँजीको वित्तिय सहयोगले ग्रामीण क्षेत्रमा उद्यमशिलता विकास गर्न सकियोस् । त्यसैले, बित्तिय सेवालाई पनि गाउँमुखि बनाउनु आवश्यक छ । त्यसका लागि सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल बैकले नीतिगत रुपमा रचनात्मक भूमिका खेल्न सक्नुपर्दछ । त्यसैगरी, ग्रामीण जनता मूलतः निवार्हामूखि कृषि पेशामा आधारित छन् । त्यसैले, कृषिमा पर्याप्त मात्रामा आधुनिकरण हुन नसक्दा औद्योगिक क्षेत्र पनि ओझेलमा परेको छ । त्यसैले, कृषिलाई आधुनिकरण गर्नु राज्यको प्रमुख दाइत्व हो । यसले पनि ग्रामीण अर्थतन्त्र मजबुद बनाउन थप सहयोग पुग्ने पक्का छ । तर, ग्रामीण अर्थतन्त्र निर्माणमा टेवा दिने स्थानीय पेशा व्यवसायको मौद्रिकिकरण गर्न नसक्दा ग्रामीण अर्थतन्त्र खुम्चिँदै गएको छ । त्यसैले, ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न ती पेशा तथा व्यवसायको व्यवसायिकरणमा सम्बन्धित पक्षले बिशेष ध्यान दिनुपर्दछ । यसको लागि महत्वपूर्ण सर्त भनेकै, उत्पादनका साधनलाईलाई ग्रामीण कृषिमा आधारित पेशा व्यवसाय सन्चालन, बिस्तार र  विकासको लागि समुचित रुपमा प्रयोग गर्नु हो ।

त्यसैले , ग्रामिण अर्थतन्त्रलाई सुधार गर्ने समाधानका उपायाहरु  निम्न प्रकारका हुन सक्छन् ।

  • कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै कृषिको आधुनिकरण गर्नुपर्ने ।
  • शिक्षा स्वरोजगारी उन्मुख हुनु पर्दछ र शिक्षालाई श्रमसँग जोड्न सक्नु पर्दछ ।
  • ग्रामीण बस्तीमा व्यावसायिक सीपमूलक तालिम तथा सिकाइ कार्यक्रम सन्चालन गर्नुपर्छ।
  • स्थानीय श्रमशत्तिलाई गाउँमै परिचालन गर्न सक्नु पर्दछ ।
  • सँघीय प्रणाली अनुसार ग्रामीण पेशा तथा व्यवसायलाई सुधार गर्नु पर्दछ ।
  • साना तथा घरेलु उद्योग सन्चालनका लागि उपयुक्त कार्यविधी ल्याउनु पर्दछ ।
  • उत्पादनका साधानलाई उपयुक्त ढँगले व्यवस्थापन गर्नुपर्दछ ।

मुख्यता, राज्यको अर्थतन्त्र ग्रामीण अर्थतन्त्रमा आधारित छ भनेर बुझ्दा हुन्छ  । तर, हाम्रो अर्थतन्त्रको मूल समस्या भनेकै गरिबी, बेरोजगारी, असमानता, परनिर्भरता, भौगोलिक विषमता, उत्पादनमा पुरानो प्रविधिको प्रयोग वा बिधी आदि हुन् । तर पनि कृषि क्षेत्र नै राज्यको खाद्य सुरक्षा र जीविको पार्जनको दिगो र भरपर्दो आधार भएको छ । त्यसैले, अहिलेको सँघीय राज्य सँरचनामा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वयन हुन सकेमा आत्मनिर्भर रहितको ग्रामीण अर्थतन्त्र निर्माण गर्न हामी आफै सक्छौँ । त्यसबाहेक, राज्यका पूँजीहरु जस्तै, रेमिटेन्स,  सीप तथा प्रविधि, श्रमशक्ति को समुचित प्रयोग तथा परिचालनबाट पनि ग्रामीण अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।

त्यसैले, ग्रामीण क्षेत्रमा कृषिको आधुनिकीकरण गर्न सके ग्रामीण अर्थतन्त्र बलियो हुन्छ । र सम्भावित खाद्य संकटको समस्या पनि समाधान हुन्छ । त्यसबाहेक, नेपालको अर्थतन्त्रमा ग्रामीण अर्थतन्त्र मूलत कृषिमा आधारित अर्थतन्त्र हो । त्यसैगरी, सहरी अर्थतन्त्र गैरकृषि जस्तै, सेवामूलक र उद्योग क्षेत्रमा आधारित अर्थतन्त्रको हो ।

र ग्रामीण अर्थतन्त्र मुलत कृषिमा आधरित अर्थतन्त्र हो । र ग्रामीण अर्थतन्त्र आफैमा बहुआयामिक हुन्छ ।  किनभने ग्रामिण अर्थतन्त्र रेमिट्यान्स, कृषि उपजको आर्थिक व्यवहारमा आधारित छ । त्यसबाहेक  स्थानीय जल, जमिन र जँगलको उपयोगिताले पनि ग्रामीण अर्थतन्त्रलाई कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्दछ ।

त्यसैले, ग्रामीण भेगमा हुने आर्थिक व्यवहार र व्यवसायिक कार्यले पनि ग्रामिण अर्थतन्त्र निर्माणमा योगदान  पुर्याएको छ । त्यसबाहेक ग्रामीण अर्थतन्त्र निर्माणको लागि सुधारात्मक कदमको रुपमा हाम्रा पुराना मौलिक पेशा व्यवसायलाई पनि स्थानीय स्तरमा उच्च प्राथमिकता दिन जरुरी छ । त्यसगरी, अहिलेको अवस्थामा ग्रामीण अर्थतन्त्रलाई पुनः ब्युताउने प्रमुख औजारका रुपमा रेमिट्यान्स, कृषि र गैर कृषिमा आधारित पेशा व्यवसाय बनेका छन् । साथै, ग्रामीण अर्थतन्त्रलाई राम्रो बनाउन बैंक तथा वित्तीय संस्थाको बढ्दो उपस्थिति पनि साहायक सिद्ध भएका छन् । जस्तै, लघु बित्तको पहुँच स्थानीय ग्रामिण भेगमा पुग्न सक्नु पनि ग्रामीण अर्थतन्त्रको लागि सकारात्मक पक्ष हो । त्यसका अतिरिक्त, भौगोलिक पर्यटन, धार्मिक पर्यटन र पर्यापर्याटन जस्ता ग्रामिण अर्थतन्त्रमा टेवा पुग्ने क्षेत्रमा राज्यले प्राथमिकता साथ लगानी गर्ने हो भने ग्रामीण अर्थतन्त्रमा स्वत सुधार त हुन्थो नै  ती स्थानीय क्षेत्रहरुमा वित्तीय पुँजीको अभाव पनि  हुँदैन थियो । त्यसबाहेक स्थानीय रुपमा कृषि क्षेत्रमा आउने सुधारले खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्थौँ ।

अहिले ग्रामीण अर्थतन्त्रको दायरा फराकिलो भइसकेको छ । पहिले जस्तो परम्परागत र जीवन निर्वाहमुखी कृषिमा मात्र ग्रामीण अर्थतन्त्रलाई सीमित हुनुपर्ने स्थिति छैन । यसलाई आधुनिक र व्यवसायिक ढंगले लैजान सकिने व्यवसायीक आधारहरु खडा भएका छन् । खुल्ला अर्थ व्यवस्थाले गर्दा परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तुहरुले सहजै राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पहुँच पाउने स्थिति बनेको छ ।  त्यसैले, स्थानीय पेशा तथा व्यवसायको बजारीकरणले गर्दा स्थानीय बजार र स्थानीय अर्थतन्त्रलाई एउटा निश्चित प्रारुपमा विकास गर्न सकिने अवस्था तयार भएको छ । त्यसैगरी, संघीयताको कार्यान्वयनसँगै स्थानीय तहमा स्थानीय सरकारहरु बनेका छन् । त्यसैले, अहिलेको राजनीतिक अर्थव्यवस्था पनि ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकिने सम्भावना पनि उतिक्कै छन् ।

अन्त्यमा, स्थानीय गाउँ घरमा हुने कृषि तथा गैर कृषि पेशालाई व्यवसायिकरण गरेर समय सापेक्ष सुधार गर्दै लाउनु नै ग्रामीण अर्थतन्त्रको मुल श्रोत हो । त्यसबाहेक, ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन ग्रामीण क्षेत्रमा व्याप्त भएको गरिवि, बेरोजगारी समस्याको समुल अन्तको लागि राज्यले आफ्ना आर्थिक योजनालाई प्रभावकारी रुपमा स्थानीय सरकार मार्फत कार्यान्वयन गर्नुपर्दछ । साथैसाथै, अहिलेको सहर केन्द्रित अर्थतन्त्रलाई गाउँ केन्द्रित बनाउन सक्नुपर्दछ ।

महत्वपुर्ण कुरा के हो भने पूर्व मेची देखी पश्चिम महाकाली सम्मका गाउँघरमा कृषिमा आधारित बिभिन्न प्रकारका पेशा व्यवसाय छन् ती सबै साना तथा मझौला व्यवसायको व्यवसायिक रुपमा थप प्रवर्धन गर्नका लागि राज्यले उपयुक्त नीति लिई स्थानीय गाउँघरमा सबैलाई आर्थिक रुपमा स्वलम्भवन बनाउनु पर्दछ ।  तबमात्र राज्यले लिएको लक्षित उदेश्य आत्मनिर्भर सहितको अर्थतन्त्रको उदेश्यलाई निश्चित समय सीमा भित्र प्राप्त गर्न सकिन्छ र यसको आधार भनेकै ग्रामीण अर्थतन्त्रका सुचकमा आउने सुधारको ग्राफ चित्र हो ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !