एजेन्सी । कोपा अमेरिका फुटबलमा चिलीसँगको खेलमा पाराग्वेले सहज जित निकालेको छ । बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ ।
पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ भने शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ चिली भने ४ खेलमा ५ अंक जोडर तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको उरुग्वेको ३ खेलबाट ४ अंक छ । यहि समूहको बोलिभिया भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज बिहान नै भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।