दिगो विकास लक्ष्यहरूको मुख्य उदेश्य भनेकै विश्वबाट सन् २०३० सम्ममा गरिबी तथा बेरोजगारीको अन्त्य गर्नु हो। विश्वका मानिस आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय र भौगोलिक जस्ता कारणले समान छैनन् । त्यसैगरी, स्वयम् प्रत्येक व्यक्तिमा निहित हुने कारणहरू जस्तै, शिक्षा, स्वास्थ्य, रोजजार, साधन श्रोत, बित्त उपलब्धता आदिले गर्दा विश्वनै असन्तुलित भई विकास हुन सकिरहेको छैन । त्यसैले, दिगो विकासका लागि विश्वव्यापी रूपमा गरिबी र बेरोजगारिको अन्त्य गर्नु नै दिगो विकास लक्ष्य हासिल गर्नु हो ।
त्यसैले, दिगो विकासका लागि मुलत आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई सन्तुलित गर्नुपर्दछ भन्ने मान्यता राखिन्छ । त्यसैकारण, दीगो विकास लक्ष्यले प्रमुख रूपमा निम्न कुरा हुनु पर्दछ भनि जोड दिन्छ ।
जस्तै,
- विश्वव्यापिरूपमा प्रत्येक व्यक्तिको आर्थिक, शैक्षिक, स्वास्थ्यको अवस्थामा राम्रो हनुपर्दछ ।
- विश्वव्यापी रूपमा वातावरण तथा प्रकृति दोहनका घटनाहरू भए तापनि वातवरण र पर्यावरण रूपमा पृथ्वीको संरक्षण हुनुपर्दछ ।
- सबै प्रकारका सामाजिक बिभेदको अन्त्य गर्दै प्रत्येक व्यक्तिलाई मानवअधिकारको प्रत्याभूभि गराउनु पर्दछ ।
- कृषि, वातावरण र पर्यावरणका बिबिध पक्षहरूमा सुधार ल्याइ विश्वलाई आर्थिक रूपमा सम्बृद्ध बनाउनु पर्दछ ।
त्यसैले, प्रत्येक नागरिक र नागरिकका भावि पुस्तालाई उनीहरूको सहज जीवन यापन जिउनका लागि आवश्यक श्रोत साधन उपलब्ध गराई, विश्वबाट आम व्यक्तिमा रहेको गरिवी, बेरोगारी हटाई, आर्थिक, सामाजिक, वातावरणीय तथा पर्यावरणीय पक्षहरूमा सुधार गर्नुपर्दछ भन्ने ध्येय दिगो विकास लक्ष्यले राख्दछ । त्यसैगरी, मावअधिकारको रक्षा गर्नु र लैँगिक असमानताको अन्त्य गर्नु दिगो विकास लक्ष्यका क्रसकटिङ मुद्दाहरू हुन् ।
तसर्थ, बिभिन्न मुद्दाहरू मध्ये कुनैपनि मुद्दामा जस्तै गरिबी तथा बेरोजगारीसंग सम्बन्धित मुद्दामा गरिने विकास निर्माण सम्बन्धि कार्यको निरन्तरतालाई दिगो विकास भनिन्छ । जुन कार्य भावि पुस्ताको हितको लागि वर्तमानमा गरिन्छ। जहाँ मानिस, पृथ्वी र समृद्धिका लागि एक योजनाबद्ध रूपमा कार्ययोजना तयार गरिन्छ ।
दिगो विकास लक्ष्यबाट निम्न कुराहरू पुरा गर्ने प्रयत्न गरिन्छ ।
- भावी पिँढीको आवश्यकता पुरा गर्न बाधा नपर्ने गरी वर्तमानको आवश्यकता पुरा गर्ने प्रयास गरिन्छ ।
- वातावरणको वर्तमान गुणस्तर वृद्धि गर्ने वा भइरहेको वातारणलाई खलल नगर्ने कार्यहरू गरिन्छ ।
- सन्ततिको हितका लागि सामाजिक, सँस्कृतिक, वातावरणीय र आर्थिक क्षेत्रमा सुधारका कार्यक्रम ।
परिभाषा
- दिगो विकास भनेको अहिलेको अवस्यकतालाई योजनाबद्ध रूपमा पुरा गर्ने तरिका हो । यस प्रकृयामा आफ्ना भावी पुस्ताका अधिकार प्रदत्त आवस्यकतालाई रणनैतिक रूपमा समाधान गरिन्छ ।
- विश्वव्यापि रूपमा समाधान गर्नुपर्ने सामाजिक, आर्थिक, वातावरणीय र अन्य क्रसकटिङका मुद्दाहरू जस्तै गरिवी, बेरोजारी, आर्थिक सवलता, असमानता, वातावरणीय दुष्प्रभाव ,पर्यावरणीय परिवर्तन र जटिलता ,मानवअधिकार, शान्ति र न्यायका क्षेत्रमा दीर्घकालिन सोँचका साथ व्यबस्थित रूपमा ती मुद्दाहरूको समाधानको लागि बनाइएको रचनात्मक कार्यनीति नै दिगो विकास नीति हो ।
- विश्व दुनियाबाट सबै प्रकारका बिभेद हटाउनका लागि निश्चित उदेश्यहरू प्राप्त गर्नका लागि बनाइएको रणनीतिक विकास योजना हो । जहाँ सामाजिक विकास, वातावरणीय सन्तुलन र आर्थिक वृद्धिका लागि बिभिन्न प्रकारका बिषयबस्तुहरूमा काम गरिन्छ । जस्तै, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक विकास र प्राकृतिक श्रोत साधन, जैविक विबिधता, शान्ति, न्याय र सामाजिक असमानता आदि ।
तसर्थ,भविष्यका पुस्ताको आवश्यकता पूरा गर्न बाधा नपुग्ने गरी वर्तमानमा गरिने व्यवस्थित प्रयास कार्यलाई दिगो विकास भनिन्छ । जसले गर्दा भावी पुस्ताको जीवन शैलि उत्तम हुन सकोस् ।
दिगो विकास लक्ष्य हासिल गर्न मुख्यता तीन क्षेत्रमा कार्य गरिन्छ ।
- आर्थिक क्षेत्रमा ।
- सामाजिक क्षेत्रमा ।
- पर्यावरण तथा वातावरणको क्षेत्रमा ।
र दिगो विकास लक्ष्यमा सँस्कृतिक, वातावरणीय,प्रबिधिक,सामाजिक,आर्थिक र मानविय मुद्धमा काम गरिन्छ । त्यसैले, दिगो विकास लक्ष्यले वातावरणीय, सामाजिक, आर्थिक, मानविय, प्राविधिक, संस्थागत र शासकिय मुद्दाहरू बीच सन्तुलन राख्ने कुरामा जोड दिन्छ ।
त्यसैले, दिगो विकास लक्ष्यको कार्यान्वयबाट निम्न उपलब्धिहरू हासिल गर्न सकिन्छ ।
- वातावरणीय उपलब्धी ।
- बित्तिय उपलब्धि ।
- सामाजिक उपलब्धि ।
जस्तै ,
- बस्तु तथा सेवाको मुल्य लगातमा कमि आउँछ ।
- कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि हुन्छ ।
- प्रत्येक व्यक्तिको स्वास्थ्यमा सुधार आउँछ ।
- पून प्रयोगमा आउन नसक्ने बस्तु तथा सेवाको व्यवस्थापन हुन्छ ।
- श्रोत साधनको पूर्ण प्रयोग तथा परिचालन हुन्छ ।
- वातावरणीय र पर्यावरणीय क्षेत्रमा व्यवस्थापन गर्न सकिन्छ ।
- नयाँ बजारको श्रृजना हुन्छ ।
- गुणस्तरीय जीवन शैली जीउने स्थिति पैदा हुन्छ ।
- व्यक्तिहरू शिक्षित, स्वस्थ्य र सुरक्षित हुन्छन् ।
- व्यक्तिको आर्थिक उन्नती हुन्छ ।
- देशबाट गरिवी , बेरोजगारी र खाद्य संकटको समाधान हुन्छ ।
सन् २०१२ मा ब्राजिलको रियोमा सम्पन्न रियो २० सम्मेलनबाट विश्वव्यापी विकास एजेण्डाको खोज स्वरूप दिगो विकास लक्ष्य अवधारणाको जन्म भएको हो । यो अवधारणा सन् २००० मा ल्याइएका सहस्राब्दी बिकास लक्ष्यको उपलब्धिलाई आधार मानेर सन् २०३० भित्र थप १७ मुद्दामा काम गर्ने भनेर ल्याएको नयाँ विकासवादी अवधारणा हो । त्यसैले, मुख्य रूपमा दिगो विकास लक्ष्यले सामाजिक विकास, वातावरणको संरक्षण र प्रत्येक नागरिकको आर्थिक वृद्धि र आर्थिक सक्षमतामा जोड दिन्छ । साथै, विश्वबाट गरिवी र बेरोजगारीको समस्या पूर्ण अन्त्य भई सबैजनाले स्वच्छ जीवन जिउन सकून् भन्ने मान्यता राख्छ । जुन समाजमा कुनैपनि व्यक्ति भोकले मर्नुपर्ने छैन भने प्रत्येक व्यक्तिहरू शिक्षित, सुरक्षित र स्वच्छ हुन्छ ।
र दिगो विकास लक्ष्यका उदेश्यहरू निम्न प्रकारका छन् ।
- वातावरण र पर्यावरणको प्रभावकारी संरक्षण र संवर्द्धन गर्नु ।
- प्राकृतिक स्रोतसाधनको उपयुक्त ढँगले प्रयोग गर्नु ।
- उच्च र दिगो आर्थिक वृद्धि दर हासिल गर्नु ।
- समतामूलक समाजको स्थापना गर्न ।
- मानविय विकासका पक्षहरूमा काम गर्नु ।
- सँघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका लक्षित उदेश्य कार्यन्वयनमा सहयोग गर्नु ।
त्यसबाहेक,
- विश्ववबाट गरिवी, बेरोगारी र भोकमरीको अन्त्य गरी प्रत्येक व्यक्तिको स्वस्थ्य जीवन निर्माण गर्नु ।
- आत्यावसेक सेवा सुबिधाहरू जस्तै खानेपानी, बिजुली, बाटोघाटो, शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय जनस्तरसम्म पुर्याउनु ।
- दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका पूर्वाधारहरू ग्रामिण स्तरसम्म लैजानु ।
- बिभिन्न प्रकारका सामाजिक असमानताहरूको अन्त्य गर्नु ।
- पर्यावरणलाई अक्षुण राख्नु ।
- शान्ति र विकास र मानवअधिकारका क्षेत्रमा काम गर्नु ।
- राष्ट्रिय योजना आयोगले लिएका लक्ष्यहरूको कार्यान्वयन गर्नु ।
र मुख्यरूपमा दिगो विकास लक्ष्यको कार्यान्वयनबाट आर्थिक पक्ष, सामाजिक पक्ष र वातवरणिय पक्षमा नै दीगो विकास लक्ष्यका उपलब्धिहरू हासिल हुन्छ ।
त्यसैगरी, दिगो विकासका प्रमुख विशेताहरू निम्न प्रकारका छन् ।
- कुनै निश्चित क्षेत्रको बिकासमा वा सुधारमा निरन्तर रूपमा कार्य गरिन्छ ।
- आर्थिक पक्ष,व्यवस्थापकिय पक्ष र बातावरणिय पक्ष र भौगोलिक सँरचनाको बारेमा जाँच गरिन्छ ।
- भविष्य केन्द्रित विकासमा साधन श्रोतको उच्चम प्रयोग गरिन्छ ।
त्यसैगरी,सामाज शास्त्रिकको बीचारमा दिगो विकासका आधारहरू जस्तै शसक्तिकरण, जनसहभागिता, समाजिक गतिशिलता,सामाजिक समन्वय,सँस्कृतिक पहिचान,सँस्थागत विकास हुन् । त्यसैगरी, अर्थशास्त्रीहरूको बीचारमा बृद्धि, समता र दक्षता सहितको विकास नै दीगो विकास हो । र वातावरणविदको भनाइमा पर्यावरणीय सन्तुलन, जैविक बिबिधता, विश्वव्यापि समस्यालाई अनुकुल बनाउँदै गरिएको विकास प्रकृया नै दिगो विकास हो ।
र दिगो विकासका सिद्धान्तहरू निम्न अनुसारका छन् ।
- दिगो श्रोत व्यवस्थापनको सिद्धान्त । ( श्रोत साधनको व्यवस्थित प्रयोग गर्ने)
- अन्तर पुस्ता सम न्यायको सिद्धान्त । ( भविष्यको लागि वर्तमानमा गरिने)
- जैविक विविधता र प्राकृतिक श्रोत साधनको संरक्षणको सिद्धान्त ।
- स्थानीय स्वायत्त शासनको सिद्धान्त । ( सँघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार मार्फत)
- गुणस्तरीय जीवन प्राप्तिको सिद्धान्त । ( सुविधा सम्पन्न र स्वच्छ जीवन जिउने कला)
- जन सहभागिताको सिद्धान्त । ( स्थानीय बासीको सहभागिता र सँलग्नता)
र दिगो विकास लक्ष्यका महत्व निम्न अनुसारका रहेका छन् ।
- वातारण र पर्यावर्णबीच सन्तुलन कामय राख्दै र व्यक्ति व्यक्ति बीच सम्बन्ध स्थापना गर्ने ।
- आर्थिक रूपमा प्रत्येक व्यक्तिलाई शसक्तिकरण गर्दै लाने र विश्वबाट गरिवी र भोकमरीको अन्त्य गर्ने ।
- स्थानीय प्राकृतिक स्रोत साधनको मितव्ययी प्रयोग तथा परिचालनमा जोड दिने ।
- विकासलाई वहुआयमिक ढङ्गले बुझ्ने बुझाउने ।
- भविष्यको आवश्यकतालाई दृष्टिगत गरी वर्तमानको आवश्यकता परिपूर्तिमा जोड दिने ।
- विकासलाई गरिबी निवारण र रोजगारी अभिबृद्धि संग जोड्ने ।
- अन्तरपुस्ता समन्यायलाई अभिवृद्धि गर्ने ।
- जैविक विविधताको संरक्षण र दिगो उपयोगको लागि जनमैत्रि ढँगले कामहरू गर्ने ।
तर पनि देशमा दिगो विकासका निम्न चुनौति छन् ।
जस्तै,
- साधन श्रोतको प्रयोग तथा व्यवस्थापनमा समस्या छ ।
- विकासका साझेदारहरू संगको साझेदारीमा पर्याप्त समन्वयन हुन सकेको छैन ।
- सरकारकै अन्तर निकाय जस्तै सँघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय योजना आयोग र अन्य सरकारी नियका बीच समन्वयको अभाव छ ।
- अपर्याप्त नीति तथा कार्यक्रम हुँदा जन सहभागितालाई बढाउदै लैजानु पर्ने ।
- अनुगमन तथा मूल्याङ्कन प्रभावकारी हुन सकेको छैन ।
- राजनीतिक समूह, व्यवसायिक समूह र विकाशे संगठनको स्वार्थले पनि कार्यन्वयनमा कठिनाइ छ ।
- भने देशको भौगोलिक अवस्था,सामाजिक सँरचनाले गर्दा पनि दिगो विकास लक्ष्य कार्यान्वयमा थप चुनौति उत्पन्न भएका छन् ।
त्यसैगरी, दिगो विकास लक्ष्यको बारेमा कुरा गर्ने हो भने यो अवधारणा सन् २००० मा ल्याइएको सहस्राब्दी विकास लक्ष्यको उपलब्धिलाई आधार मानेर सन् २०३० भित्र बिभिन्न १७ बटा क्षेत्रमा काम गर्ने भनेर ल्याएको बिकासबादी अबधारणा हो । उक्त दिगो विकास लक्ष्य सन् २०१२ मा ब्राजिलको रियोमा सम्पन्न रियो २० सम्मेलनमा विश्वव्यापी विकास एजेण्डाको खोज स्वरूप दीगो विकासको अवधारणाको सुरुवात भएको हो । र सन् २०१५ सेप्टेम्बरमा अमेरिकामा भएको युनाइटेड नेसनको बिशेष भेलाको बैठकले यो अवधारणालाई विश्वव्यापि रूपमा ल्याउनलाई म्यान्डेट दिएको हो ।
यसका प्रमुख उदेश्य भनेका निम्न अनुसारको छन् ।
- सम न्यायिक आर्थिक वृद्धि गर्ने ।
- व्यक्तिको सामाजिक जीवन शैलिमा सुधार ल्याउने ।
- विश्वव्यापी रूपमा वातावरण तथा पर्यावरणको व्यवस्थापन गर्ने ।
- विश्वभरी प्रत्येक व्यक्तिको गरिबी, बेरोजगारी समस्या समाधान गर्दै भोक बिरुद्धको लडाई लड्ने ।
- शान्ति मानव अधिकार र सामाजिक विभेद र बिसंगतिको अन्त्य गर्ने ।
जसलाई १९३ वटा राष्ट्र सहभागी संयूक्त राष्ट्र संघको ७० औँ महासभाले २५ सेप्टेम्बर २०१५ मा स्वीकृत गरेको हो । यसका १७ वटा लक्ष्यहरू, १६९ वटा गन्तब्यहरू र २३९ वटा सूचकहरू छन् ।
तसर्थ, यो दिगो विकास लक्ष्य दीगो विकासको लागि आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर तयार पारिएको विश्वव्यापी विकासको समय र लक्ष्य सहितको साझा मार्गचित्र हो ।
यसका प्रमुख लक्ष्यमा सन् २०३० सम्ममा गरिबीको रेखा मुनिको जनसंख्या ५ प्रतिशतमा झार्ने, बहुआयामिक गरिबी सूचकांक ४४.२ बाट ११ प्रतिशतमा पुर्याउने, गरिबी सघनता २.८ प्रतिशत कायम गर्ने र प्रति व्यक्ति कुल राष्ट्रिय आय २५०० अमेरिकी डलर पुर्याउने जस्ता उदेश्यहरू रहेका छन् ।
दिगो विकास लक्ष्यहरू बिषय बस्तुहरू निम्न अनुसारका छन् ।
- गरिबीको अन्त्य
- शून्य भोकमरी
- आरोग्यता तथा कल्याण
- गुणस्तरीय शिक्षा
- लैङगिक समानता
- सफा पानी तथा सरसफाइ
- भरपर्दो, दिगो र आधुनिक उर्जमा सबैको पहुँच सुनिश्चित गर्ने ।
- मर्यादित काम तथा आर्थिक वृद्धि
- उद्योग, नवीन खोज र पूर्वाधार
- देश भित्र र देश बीचको सबै प्रकारको असमानता हटाउने ।
- सहर र मानव बस्तिलाई दिगो सुरक्षित समावेसी र उत्थानशिल बनाउन ।
- दिगो उपभोग र उत्पादन ढाँचाहरू सुनिश्चित गर्ने ।
- जल बायू सम्बन्धी कार्य ।
- जलमुनिको जीवन ।
- जमिनमाथिको जीवन ।
- शान्ति न्याय र सुद्धद सँस्थाहरू ।
- उदेश्य प्राप्तिका लागि विश्वव्यापि सहकार्य ।
त्यसैगरी, दिगो विकास लक्ष्य प्राप्त भयो भने निम्न फाइदा हुन्छन् ।
- गरिवीको अन्य गर्न सकिन्छ ।
- खाद्यसुरक्षाकोहलहुन्छ।
- शिक्षा र स्वास्थ्यको सेवा सुविधा दिने ।
- लैङगिक समाना कामय गर्ने ।
- नयाँ रोजगारीको श्रृजना भइ आर्थिक बृद्धिदर हासिल हुन्छ ।
- जमिन, हावापानी र कृषि बिउ बिजनको सुरक्षा गर्ने ।
नेपालमा निम्न प्रकारका कामहरू भइरहेका छन् ।
- नेपालका सँविधानका अनुसार बिभिन्न प्रकारका कामहरू भइ रहेका छन् ।
- राष्ट्रिय योजना आयोगले दिगो विकासका लक्ष्य हासिल गर्न सम्बन्धी क्षेत्रमा काम गरि रहेको छ ।
- सरकारको बजेट र बार्षिक कार्यममा पनि दिगो विकासका क्षेत्रमा काम गरेको देखिन्छ ।
- सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बिभिन्न प्रकारका कामहरू गरिरहेका छन् ।
- विभिन्न मन्त्रालय, आयोग र यसका अन्य सरकारी इकाले पनि आफ्ना कामहरू गरिरहेका छन् ।
- नीजि क्षेत्र, गैसस र सहकारी तथा बैकिँङ क्षेत्रले पनि आफ्ना कामहरू गरिरहेका छन् ।
त्यसैले यस मुद्दालाई सफल बनाउने हो भने कार्यान्वयन स्तरलाई उच्च प्रथमिकता दिँदै आन्तरिक र बाह्य साधनहरूको पूर्ण परिचालन गर्दै सँघ, प्रदेश र स्थानीय तहले आपसी समन्वय कायम गरी थप दिगो विकासको लागि काम गर्नुपर्दछ ।
त्यसैले, दिगो विकास लक्ष्यको बिषयमा थप गर्न सकिने कामहरू निम्न अनुसारका छन् ।
- गरिबी निवारण र बेरोजागरी अन्त्यका लागि काम गर्न सकिने ।
- खाद्य सुरक्षाको लागि काम गर्न सकिने ।
- प्राकृतिक बिपत्तिको व्यवस्थापन र प्रकृतिक श्रोत साधनको व्यवस्थापन ।
- शिक्षा र स्वास्थ्यमा सुधार गर्ने कार्यक्रमहरू ।
- पेशा व्यवसायको सुरक्षा र ग्रामीण अर्थतन्त्र निर्माणमा साना तथा मझौला रोजगारीका अवसरहरू ।
- सबै प्रकारका महिला हिँसा अन्त्य गर्न जनदवाव मुलक कार्यक्रम र सामाजिक सचेतिकरणका बिषयहरू ।
- मानव अधिकार र मौलिक हकको प्रत्याभूतिका लागि बिशेष कार्यक्रम तथा अभियानहरू ।
- बातावरण संरक्षणका लागि जैविक व्यवस्थापनका बिभिन्न कार्यहरू ।
- व्यापार र पूर्वाधार विकासमा थप काम गर्न सकिने ।
- अन्तरिक श्रोत साधानको परिचालन र आर्थिक वृद्धिका आधारहरू निर्माण गर्न सकिने ।
तर यस लक्ष्य प्राप्तिमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद नहुनु आवश्यक छ ।
त्यसैगरी, दीगो विकास लक्ष्यलाई मिलिनिय विकास लक्ष्य पनि भनिन्छ । जुन सन् २०३० सम्म हासिल गर्नु पर्दछ । यो समावेसी प्रकारको सर्वस्विकार्य विकास एजेन्डा हो । जहाँ आर्थिक, सामाजिक र वातावरणीय पक्षका बिभिन्न मुद्दामा काम गरिन्छ ।
र दिगो विकास लक्ष्यका निम्न मुद्दाहरू छन् ।
जस्तै,
- गरिबीको अन्त्य ।
- शून्य भोकमरी ।
- आरोग्यता तथा कल्याण ।
- सफा पानी तथा सरसफाइ ।
- लैङ्गिक समानता ।
- मर्यादित काम तथा आर्थिक वृद्धि ।
- उद्योग, नवीन खोज र पूर्वाधार ।
- जलवायु सम्बन्धी कारबाही ।
- जलमुनिको जीवन ।
- जमिनमाथिको जीवन ।
- र अन्य ।
त्यसबाहेक,
- राष्ट्रिय योजना आयोगले राखेका उदेश्यहरू पुरा गर्नु पर्दछ ।
- सँघीय सरकार र प्रदेश सरकार र स्थानिय सरकारले राखेका कामहरू पुरा गर्नुपर्दछ ।
साथै, आर्थिक पक्षमा, सामजिक तथा सँस्कृतिक पक्षमा र वातावरण तथा पर्यावरणीय पक्षमा निम्न प्रकारका कामहरू गर्नु पर्नेछ ।
जस्तै,
अर्थतन्त्र वृद्धी गर्ने सन्दर्भमा ।
- ग्रामीण अर्थतन्त्र निर्माणमा केन्द्रित गर्ने ।
- नयाँ पेशा तथा व्यवसायको संचालनमा केन्द्रित हुने ।
- व्यवसायिक तथा शिपमुलक पठन पाठनमा जोड दिने ।
- यूवा केन्द्रित स्वरजगारका कार्यक्रमहरू संचालन गर्ने ।
- व्यापार व्यवसाय र उद्योगधन्दालाई सौलियत पूर्ण बैकिङ कर्जा सुविधा दिने ।
- एक घर एक रोजगार कार्यक्रम संचालन ल्याउने ।
- स्थानीय बस्तु तथा सेवाको प्रयोगमा जोड दिने ।
- व्यापार घाटामा सुधार गर्ने ।
- कृषि सेवा र उद्योगलाई उच्च प्रथमिकता दिने ।
सामाजिक विकास गर्ने सन्दर्भमा ।
- रोजगारिका अवसरहरू दिने ।
- सामाजिक बेमेल र असमानता हटाउने ।
- सहकारीतामा जोड दिने ।
- शिपमुलक तालिम प्रदान गर्ने ।
- शिक्षित र स्वस्थ्य समाजको निर्माण गर्ने ।
पर्यावरणीय र वातावरण व्यवस्थापन गर्ने सन्दर्भमा ।
- चुरे दोहन हुन नदिने ।
- वन तथा वन्यजन्तुहरूको संरक्षण गर्ने ।
- स्थानीय साधानहरूको उच्चम प्रयोग गर्ने ।
- जिव जन्तु, प्रकृति र मानिस बीच अन्तर सम्बन्ध कायम गर्ने ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि क्रस कटिङका मुद्दाहरू जस्तै शान्ति मानव अधिकार, सामाजिक समानता कायम गर्न र लैङगिक विभेद अन्त्यका लागि पनि समुदाय स्तरमा बिभिन्न प्रकारका अभिमुखिकरणका कार्यक्रमहरू तथा परियोजनाहरू गैरसरकारी सँघ सँस्था वा सहकारी मार्फत संचालन गर्न सकिन्छ ।
त्यसका अलावा,दीगो विकास लक्ष्य प्राप्तिका लागि निम्न कार्यहरू गर्न सकिन्छ ।
जस्तै,
विकास र वातावरणीय पक्षबीचको सकारात्मक सम्बन्धलाई बलियो बनाउने
- कृषि र कृषि अनुसन्धामा जोड दिने ।
- सरसफाई र पिउने पानीको वितरणमा लगानी गर्ने ।
- शिक्षा र स्वास्थमा थप रचनात्मक कामहरू गर्ने ।
- साधन र श्रोतको प्रयोगलाई व्यवस्थित गर्ने ।
विकास र वातावरणीय पक्षको नकारात्मक संम्बन्धलाई तोड्ने
- विकास परियोजनाहरूको लागत र लाभको मुल्याँकन गर्ने ।
- विकास परियोजनको वातावरणीय पक्षको प्रभाव अनुगमन गर्ने ।
- वातावरणीय प्रभाव र क्षति अध्ययन गरी सोमा सुधार गर्ने ।
- वातवरणिय व्यवस्थापनको लागि संगठनात्मक रूपमा काम गर्ने ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि पूर्व सर्तहरू पनि आवश्कय छन् ।
जस्तै,
- शसक्तिकरण ( जन शसक्तिकरण)
- जनहभागिता ( जन सहभागिता)
- सामाजिक गतिशिलता ( गतिशिल समाज)
- सामाजिक समन्वयन ( समाजिक सरसहयोग)
- सँस्थागत विकास ( सरकार, सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, गैसस, बित्त तथा सहकारीको व्यवस्थापन)
तर यस उदेश्य प्राप्तिका लागि निम्न प्रकारको काम गर्नु पर्दछ ।
जस्तै,
- पर्यावरणीय सन्तुलन कामय गर्नुपर्ने ।
- विश्वव्यापि समस्याहरूको पहिचान गर्नुपर्ने ।
- जैविक बिबिधतामा ध्यान दिनुपर्ने ।
- लक्षित उदेश्य अनुसार के के कामहरू भएको छ सो को मुल्याँकन गर्नुपर्ने ।
- सँस्थागत शुसासन हुनुपर्ने ।
- राजनीतिक स्थिरता हुनुपर्ने ।
- जनसहभागिता हुनुपर्ने ।
- र अन्य
यसरी, सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियो सहरमा भएको पृथ्वी शिखर सम्मेलनमा पारित कार्यशुची २१ ले विश्वलाई दिगो विकासको खाका उपलब्ध गराएको थियो । र बि स २०५९ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको विश्व शिखर सम्मेलनमा पृथ्वी शिखर सम्मेलनले पारित गरेको कार्यसुची २१ अनुसार दिगो विकासको लागि थप काम भएको छ । साथै, सन् २०१५ मा मिलिनिय विकास लक्ष्य लागु गरी १७ बटा बिभिन्न बिषयमा काम गर्ने भनि राष्ट्रसँघले घोषणा गरेको छ । ती लक्षित उदेश्यहरू सन् २०३० सम्म प्राप्त गर्ने लक्ष्य लिएको छ ।
तर पनि देशमा दिगोविकास लक्ष्य प्राप्तिमा बिभिन्न समस्याहरू छन् ।
जस्तै,
- गरिवी तथा वेरोगारी ।
- बढ्दो व्यापार घाटा ।
- सामाजिक तथा आर्थिक पूर्वाधारमा विकास हुन नसक्नु ।
- देशको राजनीतिक अस्थिरता र देशको राजनीतिक अर्थव्यवस्था ।
- वन बिनास र जैविक विवधतामा आएको कमी ।
- भौगोलिक अवस्था र सामाजिक सँरचना ।
- सहरीकरण तथा अद्योगिक करणले गर्दा वातावरणमा पर्न गएको प्रभाव ।
- राज्य संग भएको साधन श्रोत र भौतिक पूर्वाधारको अवस्था ।
- आदि ।
त्यसैले, दिगो विकास लक्ष्य प्राप्ति गर्न निम्न प्रकारका सुधारका कामहरू गर्न आवश्कय छ ।
जस्तै,
- राजनीतिक स्थाइत्व ।
- गरिवी र बेरोगारिको अन्त्य ।
- शिक्षा र स्वास्थ्यमा सुधार ।
- जैविक बिविधाको संरक्षण ।
- साधन र श्रोतको मितव्यि प्रयोग तथा परिचालन ।
- सँस्थागत तथा नीतिगत सुधार ।
- र अन्य सुधारहरू ।
निश्कर्ष
दिगो विकास लक्ष्यहरू आर्थिक, सामाजिक, वातावरणीय, शासकियका विविध आयामसंग सम्बन्धित छन । त्यसैले, दिगो विकास लक्ष्य विश्व, जनता र समृद्धिका लागि कार्यान्वयन कार्ययोजनाकोरूपमा अघि सारिएको हो । दिगो विकास लक्ष्यको मुख्य ध्येय भनेको गरिबी र बेरोजगार रहित विश्वलाई स्वस्थ्य, शिक्षित र सुरक्षित बनाउनु हो । र सोहि अनुसार दिगो विकासका आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई एकिकृत गर्दै लगेको देखिन्छ ।
यी लक्ष्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता एवं राजनैतिक स्थिरता हुनु आवश्कय छ । त्यसबाहेक, स्रोत प्राप्तिको सुनिश्चितता, सरोकारबालाहरूको आपसि समन्वयन पनि जरुरी हुन्छ । साथैसाथै, राष्ट्रिय योजना आयोग, सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच नीति तथा कार्यक्रम संचालनमा समन्वयनकारी भूमिका हुनु आवश्यक छ । साथै, यस प्रकारको विकास योजनामा जनहभागिता र अन्य सरोकारबालाहरू जस्तै गैसस, दातृ निकाय, बैक तथा बित्तिय सँस्थाको प्रत्यक्ष सँलग्ता पनि हुनुपर्छ । यसरी लक्षित कार्यक्रम तथा नीतिहरूको स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र सन् २०३० भित्रै दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ ।
त्यसबाहेक देशमा विद्यमान निम्न प्रकारका समस्याहरूको समाधान हुनुपर्छ ।
जस्तै,
- द्धन्द्ध र राजनीतिक शुसासनको कमि ।
- भोकमरी र खाद्य सँकट ।
- गरिवी र बिपन्ता ।
- नागरिकको शिक्षा र स्वास्थ्यको गिर्दो अवस्था ।
- कृषिमा आधारित जीवन शैली ।
- बाढी पहिरो र इको सिस्टमा आएको चुनौती ।
- व्यवसायिक वातावरणको अभाव र ग्रामीण अर्थतन्त्रको खच्कदो अवस्था ।
- भौगोलिक बिकटा र सामाजिक परिवेश ।
- श्रोत साधानको अभाव र भौतिक पूर्वाधारको अवस्था ।
तबमात्र, दिगो विकासका लागि विश्वव्यापी साझेदारी लाई आत्मासाथ गर्दै विश्वव्यापि रूपमा आर्थिक, सामाजिक र वातावरणीय पक्षमा सुधार ल्याउन सकिन्छ । त्यसबाहेक, देश देश बीच सहकार्यको माध्यमबाट ग्लोवल मुद्धहरू जस्तै, भ्रष्टचार, भोकमरी, गरिबी, वातावरण संरक्षण, महिला हिँसा, द्धन्द्ध व्यवस्थापनका क्षेत्रमा काम समूहिक प्रयासबाट थप रचनात्मक काम गर्न सकिन्छ । र यो दीगो विकास लक्ष्यका उदेश्य हासिल गर्नका लागि तयार भएको मार्गचित्र नै अबको मुख्य कार्ययोजना, कार्यबिधी, कार्यक्रम र कार्यदिशा हुनुपर्दछ ।