नेको इन्स्योरेन्सले साधारण सभा बोलायो

आजभोलि

काठमाडौं  । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न २५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असार १० गते बसेको बैठकले असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वरमा विद्युतीय माध्यमबाट साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १५दशमलब ५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलब ८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने जनाएको छ ।

त्यसैगरी साधारण सभाले जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ । कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुको नियमक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भए आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १८ गते देखि बुक क्लोज गर्ने जनाएको छ । असार १७ गते सम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्ने छन् ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !