काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट प्रहरी कर्मचारीले बिना धितो सहुलियतपूर्ण ऋण पाउने भएका छन् । त्यसको लागि बैंकमा नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन हुने छ । खातामा आगामी ५ वर्षसम्म सञ्चालन हुने छ । साथै प्रहरी कर्मचारीले बैंकबाट बिना धितो ऋण पाउने छन् ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गरेर प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् । बंैकले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्व क्षेत्रमा काम गर्दै आएको छ ।