कुनै बेला २० अर्बमा फड्को मारेको सेयर बजार पाँच अर्बमा खुच्कियो

आजभोलि

काठमाडौँ । आजभन्दा १५ दिनअघि शेयर बजारमा अहिलेसम्मकै सर्वाधिक झण्डै १९ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । दुई हप्तापछि हिजो बुधबार पाँच अर्ब ७२ करोड बराबरको शेयर किनबेच भएको छ । बुधबार म्युचुअल फन्डका एकाइसहित २२० कम्पनीको एक करोड ६२ लाख कित्ता पाँच अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

यसअघि गत वैशाख २८ गते सबैभन्दा कम ५ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बुधबार सेयर बजारमा सामान्य गिरावट आई चार दशमलव १३ अंकले घटेर नेप्से परिसूचक २८२३.८७ बिन्दुमा पुगेको हो । नेप्से सामान्य अंकले घट्दा पनि पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा, कर्णाली विकास बैंक, श्री इनभेष्टमेन्ट फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य बढेको छ ।

नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिप्रोपोज फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ६ समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक र फाइनान्स समूहका परिसूचकमा उच्च वृद्धि भएको छ । पाँच अर्ब ८३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६८ हजार एक सय ९२ पटकको कारोबारमा एक करोड ६२ लाख कित्ता किनबेच भएको छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !