हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीद्वारा हकप्रद सेयर जारी

आजभोलि

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीको हकप्रद सेयर आगामी साउन ५ गतेबाट आउँदै छ । कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको सो हकप्रद सेयरमा साउन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको हकप्रद सेयर एक बरारबर एक अनुपातमा निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित हकप्रद सेयरमा कम्पनीका लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् । लगानीकर्ताले आवेदन धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै, मेरोसेयर सफ्टवेयरमार्फत् आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

 

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !