काठमाडौं । समाजिक सुरक्षा कोषमा आवद्धता नहुने भन्दै नेपाल एसबिआइ बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । बैंकका कर्मचारीहरुले कोषमा आवद्धता हुन नसक्नुका कारण कालो ब्यानरमा देखाउँदै सोको विरोध गरेका हुन् ।सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा गरिएका प्रवधानहरुले सम्पुर्ण कर्मचारीले नै अशुरक्षित महसुस गरी सोको विरोधमा आन्दोलन गरिएको नेपाल एसबिआइ कर्मचारी संघका पुर्ब अध्यक्ष लक्ष्मण कार्कीले बताए ।
‘सामाजिक सुरक्षा कोष भनेर सरकारले ल्याएको छ, तर सरकारी सुरक्षा कोषबाट सबैभन्दा बढी हामी अशुरक्षित भएका छौ,त्यही भएर हामीले त्यसको विरोध गरेका हौं,’ बैंक कर्मचारी संघका पुर्ब अध्यक्ष कार्कीले भने, ‘सामाजिक सुरक्षा कोषको ऐन तथा कार्यविधिमा भएका बुँदाहरु आफैमा बाझिएका छन्, यसले गर्दा आजको दिनमा हामीले कोषमा जम्मा गरेको रकम भोलीको दिनमा सुरक्षित नै हुन्छ भन्नेमा हामी विस्वस्त छैनौं ।
’ सामाजिक सुरक्षा कोषले राज्यले तोकेको न्यूनतम ज्याला तथा तलब नपाएका क्षेत्रलाई समेटेर ल्याउन पहिलो प्राथमिकतमा बनाउनु पर्ने उनको भनाई छ ।