नेपाल उद्योग वाणिज्य संघद्वारा नेपाल लगानी आग्रह

आजभोलि

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघद्वारा अन्य मुलुकलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । गत बिहीबार सम्पन्न नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाईदसम्बोधन गर्दै अध्यक्ष गोल्छाले सो कुरा बताएका हुन् ।

बैठकमा ‘नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेको छ । त्यसकारण अब नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाइजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको छ,’ उनले बताएका थिए । फ्रान्सबाट हालसम्म १०७ परियोजनामा करिब एक अर्ब रुपियाँको लगानी गर्ने जनाएको छ ।

व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे आठ अर्ब रुपियाँ हरेको छ । कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फँस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थमा परिणत गरी यथासक्य लाभ लिन जोड दिएको महासंघले जनाएको छ ।

 

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !