नेका क्रियाशील सदस्य छानविन समितिको काम प्रसंशनीय : वरिष्ठ नेता पौडेल

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस क्रियाशील सदस्यता छानविन समितिको कार्यालयमा पुगेर समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् । क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन् ।

छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिनका क्रममा अहिलेसम्म ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको र ५७ जिल्लाको नामावली छाप्ने कामसमेत सकिएको जानकारी दिए । १४औँ महाधिवेशनका लागि ७७ वटै जिल्लाबाट पुराना सदस्यको नवीकरण र नयाँ सदस्यता वितरण गरी साढे आठ लाखभन्दा बढी सदस्यको नामावली केन्द्रीय कार्यालयमा सूचीकरण भएको छ ।

तीमध्ये करिब तीन सय वडामा अझै पनि विवाद छन् । ती विवादको समाधान गरी छानबिन समितिले असार ३० भित्र क्रियाशील सदस्यको नामावली टुंगो लगाई सभापति शेरबहादुर देउवासमक्ष बुझाइसक्नुपर्ने कार्यतालिका छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै निर्धारित समयमै टुंग्याउन निर्देशन दिएका थिए ।

क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन गराउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए । पौडेलका अनुसार छानबिन समिति समक्ष विदेशबाट बाहेक नौ लाख २५ हजार जनाले क्रियाशील सदस्यका लागि आवेदन दिएका छन् ।

६ हजार सात सय ४३ वटा मध्ये करिब दुई सय वटामा नयाँ क्रियाशील वितरण सच्याउन माग गर्दै उजुरी परेको बताइएको छ । समितिलाई असार २० गतेभित्र छानबिन सक्न भनिए पनि मसान्तसम्म लाग्ने प्रवक्ता पौडेलले जनाएका छन् । त्यस्तै महामन्त्री डा. शशांक कोइरालाले म, विमलेन्द्र निधि र प्रकाशमान सिंह हामी तीन जनामध्ये एक जना मात्र सभापतिमा उठ्छौं भनेको कुराले काँग्रेसभित्रको राजनीतिमा तरंग पैदा भएको छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !