लक्ष्मी बैंक धनुषाको महेन्द्रनगरमा

आजभोलि

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले धनुषाको छिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत ग्राहकको वित्तीय आवश्यकता परिपूर्तिको लागि रिटेल बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ । साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

साथै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास पनि व्यक्त गरेको छ । त्यसैगरी बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न लगायत सबै वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सहज पहुँच पु¥याउने जनाएको छ ।

यो शाखाको विस्तारसंगै बैंकले ग्राहककै रोजाईमा शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोनमार्फत् बैंकिङ सेवा प्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति लिएको छ । बैंकले आफ्ना १३१ वटा शाखा, ६ वटा एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६० वटा एटीएम तथा ६१ शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उललेख छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !