माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री खुल्ला

आजभोलि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विहीबारबाट ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले साउन ४ गतेसम्म ऋणपत्र जारी गर्ने छ । बैंकले कुल तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो । २०८७ सालमा परिपक्व हुने ऋणपत्रको वार्षिक ब्याज दर साढे ८ प्रतिशत रहेको छ ।

ब्याज प्रत्येक ६÷६ महिनामा भुक्तानी हुने छ । बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो । तीन अर्बको त्यो ऋणपत्रको ब्याज दर १० दशमलब २५ प्रतिशत रहेको छ । बैंकको ३ अर्ब रुपैयाँ अर्थात् तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ । बाँकी प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ । अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नुपर्ने हुन्छ । बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन पाइने छ ।

 

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !