मसान्तको चटारोमा वित्तीय क्षेत्र : कर्मचारीहरु सामाजिक सुरक्षा कोषविरुद्ध सडकमा

आजभोलि

काठमाडौं । यति बेला वित्तीय क्षेत्र असार मसान्तको चटारोमा छ । तर, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु कामै ठप्प पारेर सडकमा आन्दोलित छन् । वित्तीय क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने भन्दै सडकमा उत्रिका हुन् । आर्थिक वर्षको अन्त्यमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई साँवा, ब्याज उठाउने चपेटा हुन्छ ।

तर, रिकभरीको चपेटालाई समेत ख्यालै नगरी कर्मचारीहरु काम छाडेर कोष विरुद्ध सडक आन्दोलनमा आन्दोलनमा उत्रिएका छन् । कोषले वित्तीय क्षेत्रका कर्मचारीहरुलाई असार मसान्तभित्रै आवद्ध भएर योगदान पठाउन अल्टिमेटम दिइरहेको छ । वित्तीय क्षेत्रका कर्मचारीले भने कोषको ऐन र कार्यविधि संशोधनको माग गर्दै आवद्धताका लागि अस्वीकार गरेका छन् ।

कोषले कर्मचारीको मागलाई व्यवास्ता गर्दै अवद्धताका लागि दबाब दिइरहेको छ । कर्मचारीले भने सर्वोच्वमा ढोकासमेत ढक्ढक्याइसकेका छन् । आफ्नो हकहित सुनिश्चिता आलि सडकदेखि सदनसम्मै पुग्ने कर्मचारीहरुको जिकिर छ । वित्तीय कर्मचारी विगत ३ हप्तादेखि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलित छन् ।

तर, गत बुधबार भने वित्तीय क्षेत्रका कर्मचारीहरु ‘ब्याक फर एसएसएफ’÷ ‘एसएसएफको पाराले दुःख पायो साराले’ जस्ता नारा सहित दरबारमार्ग परिसर परिक्रमा गरिसकेका छन् । कर्मचारीहरको माग कोषलाई स्वेच्छिक बनाउनुपर्ने लगायतका अन्य १५ बुँदे माग राखिएको कालो ब्यानर सहित कालो पट्टी बाँधेर बिरोध जनाएका छन् ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !