काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न सेवाभावका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ स्थित बेलहिया माध्यामिक विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि एक लाख ७५ हजाररुपैया आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका जारी विज्ञप्तिमा उल्लेख छ ।