इन्भेष्टमेन्ट बैंक युरोमनि मनि अवार्ड फर एकसिलेन्स २०२१ बाट सम्मानित

आजभोलि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनि मनि अवार्ड फर एकसीलेन्स २०२१ बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघिपनि बैंकले २०१८ मा यो अवार्ड प्राप्त गरेको थियो । युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै इज्जतदार मानिने यो अवार्ड हरेक बर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ ।

१९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेका छन् । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ ।

बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालय, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान उपलब्ध गराउँदै आएको छ । उत्कृष्ट सेवा र व्यापारको कारण यस बैंकले ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित भइसकेको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !