कामना सेवाको नाफामा छलाङ

आजभोलि

काठमाडौं । आर्थिक वर्ष सकिएलगत्तै लेखा परीक्षण नगरिएको वित्तीय विवरण प्रस्तुत गरेको कामना सेवा विकास बैंकले खुद नाफामा छलाङ मारेको छ । दुई अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले खुद नाफा ४८५ प्रतिशत हाराहारीले बढाएको हो । बैंकल खुद नाफा ७० करोड २ लाख रुपैयाँ गरेको छ ।

अघिल्लो वर्ष नाफा ११ करोड ९७ लाख रुपैयाँ थियो । बैंकको व्यापारसँगै पुरानो डुबेको ऋण उठेका कारण नाफामा उल्लेख्य प्रगति देखिएको हो । अघिल्लो वर्ष बैंकले ३१ करोड ५७ लाख रुपैयाँ नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गरेको थियो । यसपाली १३ करोड ९३ लाख रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी ३० प्रतिशतले बढेको छ । आम्दानी एक अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ थियो । बैंकले व्यापार करिब ५० प्रतिशतले बढाएको छ । ग्राहकलाई दिएको ऋण ३८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । बैंकले फी, कमिसनजस्ता आम्दानीमा पनि सुधार गरेको छ । प्रति सेयर आम्दानी २६.४ रुपैयाँ छ ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !