नेपाली कांग्रेस केन्द्रीय सदस्य घिमिरे कुटिएपछि छानविन समितिको काम रोकियो

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले लगभग काम टुंगिइसकेको दाव गरेको छ । तर, कैलाली, डडेलधुरा, बारा, सर्लाहीलगायत जिल्लामा विवाद देखिएकाले कुने ठोस निर्णय भइसकेको छैन । बरु सिन्धुपाल्चोक जिल्लाको क्रियाशिल विवादको विषयलाई लिएर केन्द्रीय सदस्य एवं क्रियाशील छानविन समिति सदस्य श्यामकुमार घिमिरेमाथि हातपात भएको निहुमा क्रियाशील सदस्यता छानबिनको काम रोकिएको छ ।

गत शुक्रबार समितिका सदस्यसमेत रहेका नेता घिमिरेमाथि सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले गालीगलौज र दुव्र्यवहार गरेका थिए । छानबिन समितिले सो घटनालाई लिएर त्यसपछि छानबिनका सबै काम रोकेको छ । घटनाका दोषीलाई कारबाही नभएसम्म क्रियाशील छानबिनको कामै नगर्ने समितिको अडानपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए ।

बंैठमा देउवाले समस्या समाधानको उपाय खोजेका थिए । १३औं महाधिवेशन हुनुुभन्दा केही महिनाअघि तत्कालीन सभापति सुुशील कोइरालाले श्याम घिमिरेलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । १३ औं महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले उनलाई फेरि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक चलिरहेका बेला गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा केन्द्रीय सदस्य घिमिरेमाथि हातमात भएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । त्यस्तो अनैतिक कार्य स्वीकार्य नहुने प्रवक्ता शर्माले बताएका थिए । बालुवाटारमा बसेको बैठकले घिमिरेमाथि भएको हातपातका विषयमा छानबिन गरी दोषीउपर कारबाहीका लागि अनुशासन समितिलाई निर्देशन पनि दिइसकेको छ । बैठकले २४ घन्टाभित्र स्पष्टीकरण लिएर पार्टी विधानबमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन पनि दिएको छ ।

शनिबार साँझसम्म पनि छानबिन समितिले काम सुचारु गरेको छैन । घिमिरेमाथि पूर्वाग्रह राखेर काम गरेको आरोप छ । कतिपयले नयाँ क्रियाशिल थप गर्दा नाता सम्बन्ध, व्यक्तिगत सम्बन्धका आधारमा दिएको दावी गरेका छन् । उदाहरणका लागि नुवाकोट जिल्लाको क्रियाशील सदस्य बनाउँदा केन्द्रीय सदस्यसमेत रहेका नेता अर्जुननरसिंह केसीलाई एकलौटी गर्न दिइएको आरोप छ।

केसीले करीब १५० वटा नयाँ क्रियाशील सदस्य बनाएका छन् ।  नेपाली काँग्रेसले वडा अधिवेशन साउन १२ गते तोकिएको छ भने केन्द्रीय महाधिवेशन २०७८, भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको छ । वडा अधिवेशन गर्नु पहिले नै क्रियाशील सदस्यको विवरण सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ ।

यद्यपि केन्द्रीय अधिवेशनको तालिका बाहेक अरु निर्वाचन तालिका साता दश दिन परिवर्तन हुन सक्ने बुझिएको छ । १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशिल सदस्य रहेका थिए भने १४ औं महाविेशनका लागि क्रियाशल सदस्य झन्डै सतप्रतिशत बढाएर ८ लाख ५० पु¥याइने बताइएको छ ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !