काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई उपयुक्त बहुमत यसरी जुट्दै छ । अहिलेको संसद संख्या अनुसार देउवालाई विश्वासको मतका लागि १३६ भए पुग्ने देखिन्छ । हाल प्रतिनिधिसभामा २७१ जना सांसद कायम छन् । कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल प्रतिनिधिसभामा २७१ जना सांसद रहेका छन् ।
तीमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन् । यो हिसाबले हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने सम्भावना अहिले देखिन्छ । त्यसकारण पनि देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।