काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्षसमेत रहेका भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । रावलले नवगठित सरकारपछि बस्न लागेको प्रतिनिधि सभाको बैठक हुनुअघि सांसद पदबाट राजीनामा दिएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्दै रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । रावल एमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजकसमेत रहेका थिए ।