काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई संसदमा विश्वासको मत प्राप्त गरेपछि बधाइ दिन पाकिस्तानी समकक्षी इमरान खानले बधाइ दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई ट्वीटरमार्फत सन्देश दिँदै बधाइ तथा शुभकामना दिएका हुन् ।
यसरी बधाइ दिँदै पाकिस्तान र नेपालबीचको द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास खानले लिएका छन् । हिजो प्रतिनिधि सभाबाट देउवाले विश्वासको मत प्राप्त गरेपछि समकक्षीहरुले बधाइ दिने क्रम ह्वात्तै बढेको छ ।