काठमाडौं । हाल नेपालमा बैंकिङ प्रणालीमा ह्याक गरेर पैसा चोरी गर्ने धम्कीसहितको इमेल आइरहेको छ । ह्याकरको इमेल आएपछि राष्ट्र बैंकलगायत बैंक तथा वित्तीय संस्था सर्तक रहेको देखिन्छ । हिजो दिउँसो साढे ३ बजे इमेल आएपछि राष्ट्र बैंकले जनाएको छ । आफ्नो र ह्याक गर्ने भनेर किटान गरिएका बैंकहरुकोसमेत सबै प्रणाली परीक्षण गरिसकेको बताइएको छ ।
केन्द्रीय बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरुको समेत प्रणाली चेक गरिरहेको छ । बैंकहरुको भनाइ अनुसार ’हाम्रो सिस्टममा कुनै प्रकारको र कसैको पनि अट्याक छैन । हाम्रो सिस्टम सुरक्षित छ,’ हामीले सबै बैंक तथा वित्तीय संस्थालगायत राष्ट्र बैंकको सिस्टमलाई माइन्युट्ली हेरिसकेका छौं । कही कुनै समस्या पनि देखिएको छैन ।