काठमाडौं । नबिल बैंकले आजबाट ऋणपत्र जारी गरेको छ । बैंकले छिटोमा साउन १३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ भने ढिलोमा २४ गतेसम्म बिक्री गर्ने छ । बैंकले ८ प्रतिशत ब्याज दरको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।
यसको अवधि सात वर्षको हुने छ । यसअघि बैंकले जारी गरेको ऋणपत्र २०८२ सालमा हुँदैछ । यसमा ब्याज १० प्रतिशत कुल २ अर्ब रुपैयाँको जारी गरेको थियो । अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नु पर्ने छ । बढीमा सबै खरिद गर्न पाइने छ ।
बैंकले ३ अर्ब रुपैयाँ अर्थात ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्ने छ ।