काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठवन्धनका विरोधीहरूले यो गठबन्धन फुटाउन लागेको टिप्पणी गरेको छ ।
शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८औं स्मृति सभामा बोल्दै दाहालले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् ।
सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको दाहालको भनाइ छ । पार्टीभित्रका ४९ जना सांसदलाइ नै मन्त्री चाहिएको तर माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताएका छन् ।
पार्टीका धैरै नेताहरू आकांक्षी भएपछि दाहालले आफूलाई अप्ठेरो परेको बताइएको छ । उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो व्यक्त गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने दाहालले बताएका छन् ।