देउवा नेतृत्वको सरकार गठबन्धन कार्यदल बैठक बस्दै

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक बस्दै छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम–कारबाही सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आइतबार अपराह्न ४ बजे. बस्न लागेको हो।

केही दिनअघि सत्ता साझेदार दलहरूले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन् । कार्यदलमा महामन्त्री खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

माओवादी केन्द्रका नेता पुनले सरकारलाई काम गर्न सहज हुने गरि कार्यदल बनाइएको र यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई सुझाव दिने बताएका छन् । उनका अनुसार कार्यदलले कूटनीतिक क्षेत्रका अन्य र राजदूत नियुक्तिलगायतमा पनि गठबन्धनका दलबीच भएका सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्ने जनाइएको छ ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !