काठमाडौं । नेपाल वंगलादेश बैंकले मोरङ्गको लेटाङ्ग नगरपालीकाको वुधवारे वजारमा आफ्नो ८औं विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
बैंकले लेटाङ्ग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्रका रुपमा स्थापित भई वैंकिङ्ग पहुचवाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालीकाको अनुरोधका साथै ग्रमिण भेगमा वित्तिय पहुँच पु¥याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने सरकारको नितिलाई सघाउ पु¥याउने उदेश्यले राखेकोे छ ।
विस्तारित सेवा केन्द्रको उद्घाटन प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका छन् । स्थापनाको २७ औं वर्ष पुरा गरेको बैंकको ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएम छन् ।