ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख हटाइँदै, नयाँ नियुक्त गरिने

आजभोलि

काठमाडौं । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै वर्तमान सरकारले सातै प्रदेश प्रमुखलाई हटाउने गृहकार्य सुरु गरेको छ । त्यसका लागि सत्तारुढ गठबन्धनमा छलफल भएको छ । पूर्ववर्ती ओली सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरु हटाएर नयाँ नियुक्त गरिन लागेको हो ।

यसअघि प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका प्रमुख मात्र हटाउने बारे छलफल चलेको थियो । तर, अब सातै प्रदेश प्रमुख हटाउने तयारी भएको हो । सात प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव समूहले दुई दुईजना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने मोटामोटी समझदारी भएको स्रोतले बतायो ।

तीनै तहको निर्वाचन सम्पन्न भएलगत्तै तत्कालीन शेरबहादुर देउवा सरकारले सातै प्रदेशमा प्रमुख नियुक्त गरेका थिए । तर, अघिल्ला प्रधानमन्त्री ओलीले आफू निकटबाहेकलाई प्रदेश प्रमुखबाट हटाएका थिए । एमाले र माओवादी एकतापछि बनेको नेकपा निकटलाई प्रदेश प्रमुख बनाइएको थियो ।

पछि नेकपामा विभाजित हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटलाई हटाइएको थियो । अहिले सबै प्रदेशमा ओली पक्षीय प्रदेश प्रमुख मात्र छन् । सरकारलाई सहजीकरण गर्न भनेको कार्यदलले नयाँ प्रदेश प्रमुखको नाम टुंगो लगाउने कामलाई अन्तिम चरणमा पुर्याएको छ ।

 

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !