काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात साउन १४ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
इन्स्योरेन्सले साउन २१ गते, बिहीबार आफ्नो रजिष्टार्ड कार्यालय, पानीपोखरीमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान १० बजे वेबीनारमार्फत सञ्चालन हुनेछ । सभाले आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।