बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, मन्त्रिपरिषद बिस्तार छलफल हुने

आजभोलि

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमाले माधव नेपाल पक्षका डा.विजय पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् । गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनमा आवद्ध जसपालाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेकाले सो पार्टीलाई सरकारमा सहभागी गराउने बिषयम छलफल हुने बुझिएको छ । सरकार बनेको दुई साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकारमा अहिले नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री सहभागी छन् । सम्भवतः आजै मन्त्रिपरिषद् विस्तार गर्ने टुंगोमा सत्तारुढ गठबन्धन पुग्ने भएका छन् ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !