ओलम्पिक पौडीका खेलाडी एलेक्सले गरे राष्ट्रिय कीर्तिमान भंग

आजभोलि

काठमाडौँ । ओलम्पिक खेलकुदमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आफ्नै राष्ट्रिय कीर्तिमान भंग गरेका छन् । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनी आफ्नो हिटमा पहिलो भएपनि अर्को चरणमा भने पुग्न सकेनन् । शाह निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गर्दै आफ्नो हिटमा पहिलो भए । यसअघि उनको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो ।

शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए । शाह सहभागी हिटमा कोसोभोका खेलाडी दोस्रो, प्यालेस्टाइनका तेस्रो, गुएनाका चांैथो, भुटानका पाँचौ, माल्दिभ्सका छैटौँ र सोलोमन आइल्यान्डका खेलाडी सातौँ भए । पुरुष १०० मिटर फ्रिस्टाइलमा ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका शाह ५९औँ स्थानमा रहे । पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा आज प्रतिस्पर्धा गर्नेछिन् ।

 

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !