काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्नेछ । पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहनेछ । आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो ।
उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ । देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् ।