काठमाडौं । लक्ष्मी उन्नती कोषले आज (साउन १९ गते) देखि नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । कोषले आर्थिक वर्ष २०७७÷७८ को लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्न लागेको हो ।
साउन १२ गतेसम्म कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। लक्ष्मी उन्नती कोष, लक्ष्मी बैंकद्वारा प्रबद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कोष हो ।